About Contact
१६ कार्तिक २०७७, आइतबार
Close
बिज्ञापन
ट्राफिक प्रहरी बिरुद्व विराटनगरको व्यवसायी आन्दोलित

खोज केन्द्र बुधबार, माघ ०१, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

विराटनगर । प्रदेश नं १ को राजधानी विराटनगरको मुख्य बजारमा सडकको दुवैतर्फ सवारी पार्किङ गर्न निषेध गरेपछि व्यवसायीले  तीव्र विरोध गरेका छन् । ट्राफिक प्रहरीले आजबाट बजार क्षेत्रका सडकमा कुनै पनि सवारी राख्न रोकेपछि व्यवसायीले त्यसको विरोध गरेका थिए ।

गत पुस १६ गते बसेको विराटनगर महानगरपालिका, जिल्ला ट्राफिक प्रहरी कार्यालय, विराट व्यापार संघ र विराटनगर–९ वडा कार्यालयको संयुक्त बैठकले सडकको दुवैतर्फ ‘नो पार्किङ’ बनाउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार ट्राफिक प्रहरीले बजारमा सवारी पार्किङ गर्न नदिएपछि व्यवसायीले विरोध गरेका हुन् ।

विराटनगरको बुधहाट चोकमा रहेको पञ्चमुखी हनुमान् मन्दिरदेखि जलजला चोकसम्म सडकका दुवै साइडमा नो पार्किङ जोन बनाउने निर्णय बैठकले गरेको थियो । जामलाई हटाउन बजार क्षेत्रका सवारीसाधनलाई बी प्लटको खाली मैदानमा राख्ने तयारी ट्राफिक प्रहरीले गरेको छ । तर, व्यवसायीले यसबीचमा रहेका आफ्ना पसलमा आवतजावत गर्न समस्या हुने र बजारभन्दा पर सवारी पार्किङ गरेर ग्राहक बजारमा नआउने भएकोले व्यापार प्रभावित बन्ने भन्दै बजारका सडकमा एकतर्फी पार्किङको व्यवस्था गर्न माग गरेका छन् । उनीहरूले व्यापारीलाई पर्ने समस्याबारे व्यापारीसँग सल्लाह नगरी गरेको निर्णय आफूलाई मान्य नहुने बताउँदै समस्या सम्बोधन नभएसम्म विरोध जारी राख्ने बताएका हुन् । उनीहरू अहिले आफ्ना पसल बन्द गरेर आन्दोलनमा उत्रिएका छन् ।

ट्राफिक प्रहरी प्रमुख राकेश पोद्दारका अनुसार पञ्चमुखी हनुमान् मन्दिरदेखि गुद्रीबजार हुँदै भट्टिमोड चोकसम्मलाई एकतर्फी मात्र ठूला तथा साना सवारी चलाउन दिने र बुधहाट चोकदेखि पश्चिम भट्टिमोडसम्म जान पाइने तर पश्चिम भट्टिमोडदेखि पूर्व जान नपाइने नियम लागू गरिएको छ । यसअघि ट्राफिक चोक तीनपैनीसम्म एकतर्फी पार्किङ व्यवस्था थियो ।

विराटनगरमा पछिल्लो समय बढ्दो सवारी चापका कारण बजार क्षेत्रमा दैनिक ट्राफिक जाम हुने गरेको छ । सडक विस्तारको अनुपातमा सवारीको संख्या बढी मात्रामा थप भएपछि सडक व्यवस्थापन अस्तव्यस्त हुने गरेको छ ।

खासगरी सडकमा सिटी सफारीको संख्या आवश्यकभन्दा बढी देखिएको स्वयम् सिटी सफारी चालक बताउँछन् ।

सम्बन्धित

ताजा अपडेट
प्रदेस २: कस्को योजनामा भयो पर्सा हत्याकाण्ड !
प्रधानमन्त्री ओली र प्रचण्ड: दश दिन भो नबोलेको !
मुस्लिम समुदायले पैगम्बरको आचरण अनुसरण गरुन : राज्यमन्त्री कुशवाहा

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]