About Contact
०४ आश्विन २०७८, सोमबार
Close
बिज्ञापन
गरे सम्भव : मूर्ति बनाएरै वार्षिक करीब ६ लाख आमदानी

खोज केन्द्र मंगलबार, पौष २९, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

जनकपुरधाम ।  धनुषाका ध्रुवकुमार पण्डितले देवीदेवताका मूर्ति बनाएरै वार्षिक करीब ६ लाख आमदानी गरिरहेका छन् ।

विदेह नगरपालिका तिनकौरीया चौकनिवासी उनले विगत ७ वर्षदेखि मूर्ति बनाउँदै आएका छन् । उनलाई अहिले माघे संक्रान्ति र सरस्वती पूजाका लागि मूर्ति बनाउन भ्याइनभ्याइ छ ।

आफ्नै पुर्खाबाट मूर्ति बनाउन सिकेको पण्डितले बताए । ७ वर्ष अगाडि वैदेशिक रोजगारीका लागि कतार पुगेका उनले त्यहाँ खासै आमदानी गर्न सकेनन् । त्यसपछि नेपाल फर्केर माटोका भाँडो बनाउने पुख्र्यौली पेशालाई निरन्तरता दिँदै उनले मूर्तिकला पनि सिके ।

एउटा मूर्ति बनाउन ८००  रुपैयाँदेखि १ हजार २०० रुपैयाँ खर्च हुने र २ हजारदेखि ५ हजार रुपैयाँसम्ममा विक्री हुने गरेको उनले बताए । उनी छोरालाई डाक्टर र छोरीलाई नर्स बनाउन दिनरात मेहनत गरिरहेको बताउँछन् ।

‘सिजनमा राम्रो कमाइ हुन्छ । विश्वकर्मा पूजा, सरस्वती पूजा, दुर्गा पूजाका बेला कम्तीमा २ लाख रुपैयाँसम्मको कमाइ हुन्छ’, उनले भने, ‘प्रत्येक सिजनको जोडेर वार्षिक ६ लाखसम्म कमाइ हुन्छ ।’

सम्बन्धित

ताजा अपडेट
भारत सरकारद्वारा ४२ लाख बराबरको राहत सामग्री रुपन्देहीका बाढिपहिरो पीडितलाई
संसोधन पछि मात्र एमसिसि पास हुन्छ : प्रचण्ड
क्षिरेश्वरनाथ नगरपालिकामामा भ्रष्टाचारको चांङ्ग, साढे ९ करोड बेरुजु

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]