About Contact
१० माघ २०७७, शनिबार
Close
बिज्ञापन
सहयोगी विकाश बैंक सिटिजन्स बैंकमा बिलय हुदैँ

खोज केन्द्र मंगलबार, पौष २९, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत प्राप्त सहयोगी विकास बैंक लिमिटेडलाई प्राप्ति गर्ने भएको छ ।

बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने–गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन)सम्बन्धी विनियमावली–२०७३ बमोजिम सोमबार दुई बैंकबीच मर्जरका लागि अन्तिम सम्झौता भएको हो ।

सिटिजन्स बैंकको मुख्य कार्यालयमा आयोजित एक कार्यक्रमबीच सिटिजन्सको तर्फबाट सञ्चालक एवं मर्जर तथा प्राप्ति समितिका संयोजक प्रवलजंग पाण्डे र सहयोगीको तर्फबाट सञ्चालक एवं मर्जर तथा प्राप्ति समितिका संयोजक डिल्लीप्रकाश घिमिरेले मर्जरसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

दुवै बैंकले आ–आफ्नो विशेष/वार्षिक साधारणसभाबाट प्राप्तिसम्बन्धी विशेष प्रस्ताव पारित गरी नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृतिपछि एकीकृत कारोबार सुरु गरेको बताइएको छ ।

दुवै बैंकले गत असारमा प्राप्तिका लागि प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर गरेका थिए । सहयोगीलाई प्राप्ति गरेपछि सिटिजन्स बैंकको निक्षेप ८३ अर्ब २४ करोड रुपैयाँ पुग्नेछ भने ऋण लगानी ७३ अर्ब ९९ करोड रुपैयाँ पुग्ने बताइएको छ । एकीकृत कारोबारपछि बैंकको कुल शाखा ९९ पुग्नेछ ।

सहयोगी विकाश बैंकका सेयरधनीले १०० कित्ता सेयरबराबर सिटिजन्स बैंकको ९१.७५ कित्ता सेयर पाउने गरी स्वाप रेसियो निर्धारण गर्ने सहमतिसमेत दुई बैंकबीच भएको छ । एकीकृत कारोबारपछिबैंकको चुक्ता पुँजी ९ अर्ब ८ करोड हुनेछ ।

धनुषा, महोत्तरी र सिन्धुली कार्यक्षेत्र भएको सहयोगी विकाश बैंकले १४ शाखामार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ भने सिटिजन्स बैंकले देशैभर ८५ शाखा, ८५ एटिएम तथा १०३ शाखारहित बैंकिङ एकाइमार्फत आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

सम्बन्धित

ताजा अपडेट
सिरहामा प्रेसर कुकर बम भेटिएपछि पूर्वपश्चिम राजमार्गमा बन्द
सिरहाको प्रहरी प्रमुख फेरिए
धनुषाको खजुरी नाकाबाट तस्करी बृद्वि, १३ लाखको अवैध भन्सार चोरी निकासीका समानहरू बरामद

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]