About Contact
१६ कार्तिक २०७७, आइतबार
Close
बिज्ञापन
हिरासतमा रहेका मिटरब्याजका आरोपी रामबाबुको घरमा प्रहरीको छापा

खोज केन्द्र सोमबार, पौष २८, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

सर्लाही- प्रहरी हिरासतमा रहेका मिटरब्याजका आरोपी रामबाबु रायको घरमा प्रहरीले छापा मारेको छ।

बरहथवा नगरपालिका–१० सीतापुरस्थित यादवको घरमा जिल्ला प्रहरी कार्यालय सर्लाही तथा इलाका प्रहरी कार्यालय बरहथवाको टोलीले छापा मारेको हो।

अनुसन्धानका क्रममा आवश्यक कागजात सङ्कलन गर्न अभियुक्त यादवको घरमा खानतलासी भइरहेको प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिए। ‘अनुसन्धान जारी रहेकाले यादव विरुद्धको आरोपसँग सम्बन्धित कागजात फेलापर्छ की भनेर घर खानतलासी गरेका हौँ’, उनले भने, ‘केही कागजात फेला पारेका छौँ, यस सम्बन्धी अनुसन्धान हुन्छ।’

ऋण प्रवाह गर्दा चर्को ब्याज असुलेको, ऋण दिँदा पाँच गुणा बढीको कागज बनाउने गरेको, ऋण तिरिसक्दा पनि तमसुक फिर्ता नगरेको, ऋण लिँदा दृष्ट्रीबन्धक राखेको जग्गा आफू खुशी बिक्री गरेको भन्दै सर्लाहीबाट पीडितको एक समूह गत मङ्गलबार काठमाडौँ पुगेर राजनीतिक दलका नेतासहित गृहमन्त्री रामबहादुर थापा एवं नेपाल प्रहरीका वरिष्ठ सुरक्षा अधिकारीसँग गुनासो गरेपछि प्रहरीले गत बुधबार हरिपुरबाट यादवलाई नियन्त्रणमा लिएको हो।

प्रहरी उपरीक्षक पोखरेलका अनुसार यादवलाई तत्काल सुरक्षाकर्मीमाथि दुव्र्यवहार मुद्दामा जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ। यादवविरुद्ध गृहमन्त्रालयमा ठगीको उजूरी परिसकेको र जिल्ला प्रहरी कार्यालयमा समेत पीडितले उजूरी दिएका प्रहरी उपरीक्षक पोखरेलले जानकारी दिए। रासस

सम्बन्धित

ताजा अपडेट
प्रदेस २: कस्को योजनामा भयो पर्सा हत्याकाण्ड !
प्रधानमन्त्री ओली र प्रचण्ड: दश दिन भो नबोलेको !
मुस्लिम समुदायले पैगम्बरको आचरण अनुसरण गरुन : राज्यमन्त्री कुशवाहा

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]