About Contact
०८ कार्तिक २०७७, शनिबार
Close
बिज्ञापन
अपहरण तथा शरीर बन्धक मुद्दाका कैदी रौतहट जिल्ला कारागारबाट भागे

खोज केन्द्र सोमबार, पौष २८, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

रौतहट । रौतहट जिल्ला कारागार गौरमा अपहरण तथा शरीर बन्धक मुद्दामा सजाय भोगिरहेका एकजना कैदी बिजुलीको लाइन गएकोे मौका छोपी कारागारबाट भागेका छन् ।

जिल्लाको गढीमाई नगरपालिका वाड नं. १ बस्ने २८ वर्षीय अशोक यादव बिजुलीको लाइन गएको मौका छोपी कारागारबाट फरार भएका हुन । राती करिब साडे ८ बजे बिजुलीको लाइन कटेको मौका छोपी कैदी यादब फरार भएको जिल्ला कारागार कार्यालय गौरका प्रमुख शम्भु यादबले जानकारी दिए ।

ढोकामा कार्यालय सहयोगीले ताल्चा लगाउन बिर्सेको र बिजुलीको लाइन गएको मौका पारेर यादब फरार रहेको उनले बताए । सर्लाही जिल्ला अदालतबाट अपहरण तथा शरीर बन्धक मुद्दामा १५ बर्षको सजाय तोकिएर एकसाता अघि कैद भुक्तानका लागि उनलाई गौर कारागार ल्याइएको थियो ।

कारागारबाट आइतबार राति आठदेखि साढे आठ बजेका बीचमा कारागारमा कैदी गणनाको समय यादव फरार भएको प्रमुख जिल्ला अधिकारी किरण थापाले बताए

कारागारभित्रै कैदीले बनाउने बाँसको मुढा राखेर पर्खालमा चढी हामफालेर भागेको प्रहरीको अनुमान छ ।उक्त स्थानमा फरार कैदी अशोक यादवको चप्पल र टोपी कारागार प्रशासनले राति नै बरामद गरेको छ ।

कैदी फरार भएलगत्तै गौरको चारै नाकामा कडाइका साथ प्रहरीले चेकजाँच गरेको छ । यसैबीच कैदी फरारको बारेमा अनुसन्धानको लागी जिल्ला प्रशासन कार्यालय रौतहटका प्रशासकिय अधिकृत किरननिधी तिवारीको अध्यक्षतामा तीन सदस्सीय छानबिन टोली गठन गरेका छ ।

छानबिन टोलीमा जिल्ला प्रहरी कार्यालय गौरका प्रहरी निरीक्षक नविनकुमार सिंह र राष्ट्रिय अनुुसन्धानका प्रतिनिधि मायाशंकर रहेका छन । यसैगरी २०७० सालमा पनि कारागारबाट नै १ जना कैदी फरार भएका थिए ।

अपहरण तथा शरिर बन्धक मुद्दामा सजाय भोगिरहेका नबिन कुमार यादब पनि फरार भएका थिए । गौरको तयब अस्पतालमा उपचारको क्रममा यादब फरार भएका हुन । उनी अझै फरार नै छन ।

सम्बन्धित

ताजा अपडेट
पूर्वराजा ज्ञानेन्द्रको सरकारलाई प्रश्न- जनताको अभिभावक खोई !
रअ प्रमुखले के के विषय उठाए ? मधेसवादीलाई दिएनन् भेट !
सहिद नगरपालिकामा नेकपा परित्याग गरी धमाधम कांग्रेसमा प्रवेश गर्दै

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]