About Contact
०३ माघ २०७७, शनिबार
Close
बिज्ञापन
इन्स्पेक्टर यादव : दिलिपका हत्यारालाई २४ घण्टामै गरे पक्राउ

खोज केन्द्र सोमबार, पौष २८, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

धनुषा । गत शुक्रबार बिहान अवैध उत्खनन्रको विरोध गर्दा कुटपिटपछि ट्रिपरले किचेर हत्या गरिएका जनकपुरको मिथिला नगरपालिकाका युवा दिलीपकुमार महतोका हत्यारालाइ इन्स्पेक्टर रामकुमार यादवले २४ घण्टा नबित्दै पक्राउ गरेका थिए ।

घटनाको चौतर्फी विरोध भइरहेका बेला इन्स्पेक्टर यादवको नेतृत्वमा ट्रिपर चालक र अन्य २ जनालाइ शुरुमा पक्राउ गरेको थियो । चुरियामाई बालुवा प्रशोधन उद्योग श्रीपुरका क्रसरधनी स्थानीय विपिन महतोले दिलीपको हत्या गराएको आरोप लागेको छ ।

उत्खनन् रोक्न गएका दिलीपको हत्या गरेको आरोपमा क्रसरधनी विपिन, लोडर चालक महोत्तरी बर्दिबास नगरपालिका–१२ बिजलपुराका जितेन्द्रकुमार महतो र बर्दिबास नगरपालिका–९ पशुपतिनगरका टिपर चालक मुनिन्द्र महतो र दिलीपका साथी श्रीपुरका रोशन यादवलाई प्रहरीले पक्राउ गरेको थियो ।

ट्रिपरले किच्नुअघि विपिनले पहिले दिलीपसँग झगडा गर्दै लिभरले कुटेका थिए । चौतर्फी आन्दोलन चर्काएका पीडितले इन्स्पेक्टर यादवको सक्रियताले हत्यारालाई पक्राउ गरेपछि त्यहाँका स्थानीयले राहतको महशुस गरेका छन् ।  आन्दोलन केही हदसम्म साम्य भएको थियो । घटनामा प्रहरीकै मिलोमितो रहेको अवाज उठ्न थालेपछि इन्स्पेक्टरर यादवलाई जिल्ला बोलाएका थिए । पछि यादवले २४ घण्टा नबित्दै सबै आरोपलाई पक्राउ गरेपछि, पुनः इलाका कार्यालय ढल्केवर फिर्ता काजमा पठाएका थिए । धनुषा जिल्ला प्रहरीमा हुँदा कुशल ठानिएका  यादवकाे फेरि  प्रशंसा भएकाे छ  ।

घटनाकै दिन जनता टेलिभिजनको मैथिली समाचारमा जानकारी गराउँदै घटना शंकास्पद रहेको भनेका थिए ।  यो घटना संलग्न कसैलाई नछोडने प्रतिवद्वता पनि जनाएका थिए । त्यसको २४ घण्टामै सबैलाई उनले पक्राउ गरेका थिए ।

पछिल्लो समय भएका आपराधिक घटनामा प्रहरीले अनुसन्धान लम्ब्याउँदा चौतर्फी आलोचना भएको हुने गर्थ्यो । तर धनुषाको घटनामा प्रहरीको सक्रियता र इन्स्पेक्टर यादवको सक्रियताको चौतर्फी प्रशंसा भइरहेको छ ।

सम्बन्धित

ताजा अपडेट
मधेसवादीको दोहोरो चरित्र: पहिला संविधान जलाउने, अहिले संविधान जोगाउने
धनुषाको मिथिला नगरपालिकामा पत्रकार संजाल गठन
जसपामा दुई धार, उपेन्द्र यादबलाई सिरहामा कालो झण्डा देखाउने चेतावनी

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]