About Contact
३० चैत्र २०७७, सोमबार
Close
बिज्ञापन
प्रदेश २ को प्रदेशसभा बैठक फेरि स्थगित, पूर्वाधार कार्यालयमा उपभोक्ताको तालाबन्दी

खोज केन्द्र सोमबार, पौष २८, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

जनकपुरधाम – प्रदेश २ को प्रदेशसभा बैठक फेरि स्थगित भएको छ। सोमबार अपरान्ह एक बजेको लागि बोलाइएको प्रदेशसभा बैठक अनिश्चितकालको लागि स्थगित भएको हो।

गत वर्ष उपभोक्ता समितिमार्फत भएका विकास निर्माण कार्यहरुको भुक्तानीबारे प्रदेश सरकारले ठोस निर्णय लिन नसकेपछि पटक-पटक प्रदेशसभा बैठक अवरुद्ध हुँदै आइरहेको छ। सोमबार पनि बैठक नै नबसी सूचना टाँस गरेर अर्को सूचना नआएसम्म बैठक स्थगित भएको प्रदेशसभा सचिवालयले जनाएको छ। यसअघि २४ पुसमा बोलाइएको बैठकपनि स्थगित भएको थियो।

गत आर्थिक वर्षमा विभिन्न मन्त्रालय र प्रदेश सांसदमार्फत बाँडिएका ८४२ योजना मध्ये करिब ८७ करोड रुपैयाँ भुक्तानी हुन बाँकी छ। सरकारले बक्याौता रकम भुक्तानी नगरेको भन्दै केहीदिनअघि उपभोक्ताहरुले प्रदेशसभा घेराउ गरेर प्रदर्शनसमेत गरेका थिए।

उपभोक्ताहरुको बक्यौता रकम भुक्तानीबारे मुख्यमन्त्रीको तर्फबाट सरकारको स्पष्ट धारणा आउनुपर्ने माग गरेपछि सभामुख सरोज यादवले जबाफ दिन सरकारलाई रुलिङसमेत गरेका थिए। तर, हालसम्म सरकारले यस विषयमा केही बोल्न नसकेपछि प्रदेशसभा सरकारी अनिर्णयको बन्दी बनेको छ।

पूर्वाधार कार्यालयमा उपभोक्ताको तालाबन्दी

गत आर्थिक वर्षमा सम्पन्न योजनाहरुको भुक्तानी नभएको भन्दै उपभोक्ताहरुले पूर्वाधार कार्यालय जनकपुरमा तालाबन्दी गरेका छन्। प्रदेशसभा बैठक अनिश्चितकालको लागि स्थगित भएपछि बक्यौता रकम भुक्तानीको माग गर्दै उपभोक्ताहरुले पूर्वाधार कार्यालयमा तालाबन्दी गरेका हुन्। उपभोक्ताहरुले तालाबन्दी गरेपछि कार्यालयको कामकाज प्रभावित भएको छ।

सम्झौताअनुसार निर्माण कार्य भइसकेपनि सरकारले रकम भुक्तानी नगरेपछि बाध्य भएर पूर्वाधार कार्यालयमा तालाबन्दी गरेको एक उपभोक्ता समितिकी पदाधिकारी पुनम झाले बताइन्। त्यतिबेला आफूहरुले उधारो मागेर सम्झौताअनुसार कार्य गरेपनि भुक्तानी नहुँदा समस्यामा परेको उनले बताइन्।

सम्बन्धित

ताजा अपडेट
प्रदेस २: एमालेमा गएका चार सांसद पदमुक्त
मिथिला लघुवित्तको सञ्चालकमा मन्दिरा आचार्य निर्वाचित
बन्ने भो सहिद नितु यादव स्मृति भवन, भौतिक मन्त्री सोनलद्वारा शिलान्यास

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]