About Contact
१४ माघ २०७७, बुधबार
Close
बिज्ञापन
प्रदेश २ समन्वय परिषद्को बैठक सम्पन्न, संघीयताको पहिलो अभ्याससँगै कार्यान्वयनमा

खोज केन्द्र सोमबार, पौष २८, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

स्थानीय तहमा लागु कर प्रणालीमा एकरूपता ल्याउनुपर्ने विषयमा प्रदेश समन्वय परिषद्को बैठकमा छलफल भएको छ । संघीयताको पहिलो अभ्याससँगै कार्यान्वयनमा आएको स्थानीय तहमा कर प्रणालीमा देखिएको भिन्नता मेट्नुपर्ने बैठकका सहभागीले बताए ।

महोत्तरीको बर्दिबासमा सम्पन्न परिषद् बैठकमा स्थानीय तहका पदाधिकारीको सेवा सुविधा, विकास निर्माणमा प्रदेश तथा स्थानीय तहबीच समन्वय, सहकार्य र सहजीकरण आवश्यक रहेको बताइएको छ । अस्थायी शिक्षकहरूको समस्या, स्थानीय तहका मुद्दाको पैरवी, प्रदेश र स्थानीय तहको क्षमता अभिवृद्धि जस्ता प्रस्ताव राखिएको छ ।

प्रदेश सुशासन विधेयक तथा सुशासन, पारदर्शिता र उत्तरदायित्व, स्थानीय तहमा कर्मचारी पदपूर्ति र भविष्यका लागि आवश्यक जनशक्तिका लागि ओ एन्ड एम सर्वे गर्ने र बेटी पढाउ बेटी बचाउ अभियान कार्यक्रम अन्तर्गत छोरी शिक्षा बिमालगायत प्रस्ताव पनि पारित गरिएको छ ।

मुख्यमन्त्रीसमेत प्रदेश सरकारका मन्त्री एवं राज्यमन्त्रीहरू, जिल्ला समन्वय समितिका सभापति एवं उपसभापति र स्थानीय तहका प्रमुख, उपप्रमुख तथा अध्यक्ष, उपाध्यक्षहरू प्रदेश समन्वय परिषद्का सदस्य हुन् । परिषदको बैठक दुई दिनसम्म चलेको थियो ।

मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षता एवं संघीय सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाको प्रमुख आतिथ्यमा शुरु भएको दुई दिवसीय बैठकमा प्रदेशको समृद्धिको आधार तैयार गर्ने गरि वृहत छलफल भएको छ । बैठकको उदघाटन सत्रमा अर्थमन्त्री डा. खतिवडाले तीनै तहको समवन्य र सहकार्य विना समृद्धिको लक्ष्य हासिल गर्न नसकिने बताउनु हुँदै त्यसका लागि समन्वय परिषदको बैठक कोशे ढुंगा सावित हुने विश्वास व्यक्त गरे ।

सम्बन्धित

ताजा अपडेट
अख्तियारको १६ जनाको टोलीले जनकपुर यातायात कार्यालयमा छापा, कार्यालय प्रमुख साह सहित कर्मचारीहरु नियन्त्रणमा
मधेसको लोकगाथा नाच लोप हुँदै
धनुषाको शहीदनगरका मेयरको भाइले कुटे इन्जिनियर, कमिशन बिबाद

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]