जनकपुर- क्रसर डन संगको सांठगांठमा इलाका प्रहरी कार्यालय, ढल्केबर धनुषाका प्रमुख प्रहरी निरीक्षक रामकुमार यादव मुछिएका छन । ईन्सपेक्टर यादब जिल्ला तानिएका छन्।
अवैध उत्खननको विरोध गर्दा कुटपिटपछि टिपरले किचेर हत्या गरिएका जनकपुरको मिथिला नगरपालिकाका युवा दिलीपकुमार महतोको शव मुचुल्काविनै उठाएपछि विवादमा तानिएका उनलाई जिल्ला प्रहरी कार्यालय धनुषा तानिएको हो।
इस्पेक्टर यादव ठेकेदार र बालुवा प्रशोधन उद्योगका सञ्चालक विपीनकुमार महतोसँग मिलेर मुचुल्काविनै शव उठाउने कार्य गरेको स्थानीयहरुले आरोप लगाएँदै आएका थिए।
जिल्लाका उच्चाधिकारी र क्रसर डन संगको मिलोमितो बिना अबैध उत्खनन सम्भव नरहेको भन्दै ढल्केवरबासीले धनुषाको सिडियो र जिल्ला समन्वय समितिका पदाधिकारी तथा नगरपालिकाका मेयर, उपमेयरको आलोचना गरेका छन ।