About Contact
१४ मंसिर २०७७, आइतबार
Close
बिज्ञापन
अवैध बालुवा गिट्टी उत्खनन बन्द गर

ढल्केवरमा बिरोध

फुलगेन महतो आइतबार, पौष २७, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

नदी उत्खननको विरोध गर्दै आएका दिलिपकुमार महतोको हत्या गरिएको विरोधमा स्थानीयहरुले विरोध र्याली निकालेका छन् ।

दोषीलाई कारबाही गर, अवैध बालुवा गिट्टी उत्खनन बन्द, दिलिपलाई राष्ट्रिय पर्यावरण शहीद घोषण गर सहितका माग गर्दै दिलिपका परिवारजन तथा स्थानीयहरुले र्याली निकालेका हुन् ।

स्थानीय सुनिलकुमार महतोको अगुवाईमा आज बिहान निकालिएको विरोध र्याली मिथिला नगरपालिकाको विभिन्न भागको परिक्रमा गर्दै नगरपालिकाको कार्यालयमा पुगी नाराबाजी समेत गरेका थिए । शुक्रबार बिहान करिब ४ बजेको समयमा साथी रोशन यादवले नदी उत्खनन गरिरहेको भन्ने खबर दिएपछि उनीसँगै टिपर समात्न खोलाम पुगेका दिलिपलाई कोखामा फलामको लिभरले प्रहार गरी घाईते बनाईएको थियो र खोलामा सुताई उनीमाथि टिपर चलाई हत्या गरिएको थियो ।

विरोध र्याली, स्थानीयका साथै बुद्धिजिवी, नागरिक समाजका अगुवाहरुको सहभागीता रहेको थियो ।

 

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]