सभामुखकाे उम्मेदवारमा सहमति खोज्न प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान नेकपाका शीर्ष नेताहरूबीच भएको छलफल निश्कर्षविहीन बनेपछि सभामुखको कार्यतालिका बनाउन बस्ने भनिएको बैठक तेस्रो पटक स्थगित गरिएको हो।
प्रतिनिधिसभाको संसद् सचिवालयले सूचना जारी गरेर आगामी माघ ६ गतेसम्मका लागि बैठक स्थगित गरेको जनाएको छ।
प्रतिनिधिसभाको संसद् सचिवालयले जारी गरेको सूचनामा भने ‘विशेष कारणवश’ बैठक बस्न नसकेको उल्लेख छ।