About Contact
१४ मंसिर २०७७, आइतबार
Close
बिज्ञापन
क्रसरका डनसँग ५० हजार सुपारी लिएर दिलीपको हत्या

खोज केन्द्र आइतबार, पौष २७, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

काठमाडौं-  धनुषामा क्रसरका डनसँग ५० हजार सुपारी लिएर दिलीपको हत्या गरिएको छ ।

धुनषाको मिथिला नगरपालिका– ५ श्रीपुरका दिलीप महतोलाई क्रसर डनले टिपर चालकलाई सुपारी दिएर मार्न लगाएको रहस्य खुलेको  छ ।

किचेर हत्या गराउन क्रसरधनी विपिनले टिपर चालक मुनिन्द्रसँग ५० हजारमा डिल गरेका थिए। ‘तँलाई ५० हजार दिन्छु, यसले हाम्रो व्यापारमा धेरै दुःख दिइरहेको छ। यसलाई मार्नै पर्छ, नत्र हाम्रो व्यापार नचल्ने भयो’, विपिनले टिपर चालकसँग हत्या गर्नुअघि गरेको डिलबारे उल्लेख छ ।

कुटपिटबाट बेहोस भएका दिलीपलाई खोलामै लिकमा राखेर ना.७ ख ६४१३ नम्बरको लोड टिपर ब्याक गरेर हत्या गरिएको थियो । श्रीपुर गाउँभन्दा पूर्वमा औरही खोलाको पश्चिम किनारमा क्रसरधनी विपिनले क्रसर सञ्चालन गर्दै आएका छन्। राति चोरेर बालुवा/गिट्टी उत्खनन गरिरहेको पाएपछि दिलीप साथी रोशनसँगै खोलामा पुगेका थिए।

राजनीतिक दल र प्रशासनको मेलेमतोमा क्रसर व्यवसायीले अबैध रुपमा खोला दोहन गरेको  उल्लेख छ । क्रसर व्यवसायीको ज्यादतीविरुद्ध बोल्दा युवाको हत्या गरिएको छ ।

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]