जनकपुर- चुरे तस्करीको बिरुद्व अभियान चलाउने यूवक ओम प्रकाश महतो हत्यामा ‘नयाँ टुइस्ट’ आएको छ ।
महतोलाई तस्करले नियन्त्रणमा लिई घांटीमा धारिलो हतियार प्रहार गरी टिपर चलाएको खुलेको छ । हत्याको लामो समय पछि पोष्टमार्टमको क्रममा घांटीमा धारिलो हतियार प्रयोग भएको पाईएको छ ।
धनुषाका सिडियो तथा सुरक्षा संयन्त्र संग रकम चलखेल गरी बिगत लामो समय देखि अबैध चुरे तस्करी हुंदै आएको स्थानियहरुको दाबी छ ।
यसै क्रममा खोलाको गिट्टीबालुवाको अवैध उत्खननको विरोध गरेपछि टिपरले किचेर एक युवकको हत्या भएको विषयमा अनुसन्धना गर्न धनुषाका क्रसर व्यवसायी विपिन महतोलाई प्रहरीले पक्राउ गरेको छ ।
शनिबार बिहान मिल्स एरियास्थित ससुराली घरमा बसिरहेका उनलाई प्रहरीले पक्राउ गरिएको धनुषाका प्रहरी प्रमुख रमेश बस्नेतले जानकारी दिए ।
विपिन त्यहाँका क्रसर व्यवसायी भएकाले अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बस्नेतले टिपर भने कृष्ण महतोको भएको र परिवारको जाहेरी दरखास्त नआएकाले अरु कसैलाई पक्राउ नगरिएको बताए । “साँझसम्म जाहेरी आयो भने सबैलाई पक्राउ गरेर सार्वजनिक गर्छौँ” उनले भने ।
स्थानीय र परिवारका सदस्यले पनि क्रसर व्यवसायी विपिन महतोले तीन दिन अगाडि दिलीपका बुवालाई छोरालाई नसम्झाए मारीदिने धम्की दिएका थिए ।
धनुषाको मिथिला नगरपालिका ५ स्थित औरही खोलामा जथाभावी गिट्टीबालुवा उत्खनन गरिरहेको देखेपछि विरोध गर्दा शुक्रबार बिहान ना ७ ख ६४१३ नम्बरको टिपरले किचेर दिलीपको हत्या गरिएको थियो ।
मिथिला नगरपालिकाका पदाधिकारी को संरक्षणमा बेचन शर्माले चुरे तस्करीलाई बढाबा दिएको ढल्केवरबासीको आरोप छ ।