About Contact
०१ जेठ २०७८, शनिबार
Close
बिज्ञापन
चुरे तस्करी बिरुद्व लड्ने महतोको हत्या अभियोगमा २ जना पक्राउ, परिवारजनले मृतकको शव बुझेन्न

खोज केन्द्र शनिबार, पौष २६, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

अवैध बालुवा गिट्टी उत्खनन रोक्न पुगेका युवक धनुषाका मिथिला नगरपालिका ५ (श्रीपुर) निवासी ओमप्रकाश भन्ने दिलिपकुमार महतोलाई टिपरबाट किचेर हत्या गराएको आरोपमा उद्योगी विपिन महतो र चालकलाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।

औरही खोलामा बालुवा गिट्टीको अवैध उत्खनन बिरुद्व आवाज उठाउंदै आएका ओमप्रकाशको ना ७ ख ६४१३ नम्बरको टिपरले किचेर हत्या गराइएको थियो ।

टिपरले किच्नु अघि निर्मम कुटपिट गरिएको प्रहरीको प्रराम्भिक अनुसन्धान छ । मृतकका आफन्तजन र स्थानीयको आरोपमा धनुषा प्रहरीले फरार रहेका ढल्केवर स्थित चुरियामाई बालुवा गिट्टी प्रशोधन केन्द्रका संचालक विपिन महतोलाई शनिवार करीब बिहान १० बजे जनकपुरधाम १ भानु चौकबाट पक्राउ गरेको हो ।

घटना लगतै प्रहरीले टिपर नियन्त्रणमा लिएको थियो भने दिउंसो करीब १ बजेतिर नै टिपर चालक मुनिन्द्र महतोलाई पक्राउ गरिसकेको थियो ।

घटनाको विरोधमा मृतकका आफन्त र स्थानीयले दोषीमाथि तत्काल कारवाहीको मांग गर्दै पुर्व पश्चिम राजमार्ग अवरुद्ध गरी विरोध प्रदर्शन गरेका थिए ।अवस्था तनावग्रस्त भएपछि प्रहरीले लाठी चार्ज र दर्जनौ राउण्ड आश्रुग्यास समेत प्रहार गर्नु परेको थियो ।

स्थानीयको प्रदर्शनले शुक्रवार दिउंसो ३ बजेसम्म यातायात अवरुद्ध रहेको थियो ।

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]