About Contact
१४ कार्तिक २०७७, शुक्रबार
Close
बिज्ञापन
प्रदेश २ का स्थानीय तहमा पाँचवटा अख्तियारको अनुगमन टोली

प्रदेशमा पनि विकृति भित्रिँदै

खोज केन्द्र शनिबार, पौष २६, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

स्थानीय तहलाई सच्चिन ६१ बुँदे निर्देशन दिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ती तहहरू सच्चिए नसच्चिएको बारेमा आफंै अनुगमन गर्न थालेको छ । स्थानीय तहमा अनियमितता र विकृति बढेको भन्दै त्यसविरुद्ध अख्तियारमा अत्यधिक उजुरी परेपछि अख्तियारले ७ सय ५३ वटै स्थानीय तहलाई कार्यशैली सुधार्न र अनियमितता रोक्न निर्देशन दिएको थियो ।

तर, अख्तियारको सो निर्देशनअनुसार स्थानीय तहले पूर्ण रूपमा सुशासन कायम गर्न नसकेपछि अख्तियारले अनुगमन टोलीमार्फत छानबिन प्रक्रिया अघि बढाएको हो । अख्तियारले प्रदेश सरकारका निकायमा पनि अनियमितता बढ्न सक्ने विश्लेषण गर्दै ती निकायमा सुशासन शिक्षा दिन थालेको छ । कतिपय प्रदेश सरकारका मन्त्रालयका अधिकारीविरुद्ध समेत अख्तियारमा उजुरी आउने क्रम बढेको बताइएको छ । प्रदेश सरकारविरुद्ध पनि अख्तियारमा उजुरी पर्ने क्रम बढेकाले प्रदेशलाई सुरुदेखि नै सुशासनमा राख्ने उद्देश्यले अख्तियारले सुशासन शिक्षा दिन थालेको हो ।

 

प्रदेशमा पनि विकृति भित्रिँदै

अख्तियारका अनुसार अख्तियारमा परेका कुल उजुरीमध्ये स्थानीय तहविरुद्ध मात्रै ३४ प्रतिशत बढी छन् । सबैभन्दा बढी अनियमितताको उजुरी प्रदेश २ मा रहेका स्थानीय तहविरुद्ध परेपछि अख्तियारले पाँचवटा उच्चस्तरीय टोली बनाएर त्यस क्षेत्रका स्थानीय तहको अनुगमन गरेको छ । प्रदेश २ मा रहेका स्थानीय तहविरुद्ध परेका झन्डै ५ सय उजुरीमध्ये १५ प्रतिशत उजुरी गम्भीर प्रकृतिका भएकाले ती उजुरीबारे विस्तृत अनुसन्धान थालिएको अख्तियारले जनाएको छ ।
यसैगरी, अन्य प्रदेशमा रहेका स्थानीय तहविरुद्ध परेका उजुरीबारे विभिन्न टोली बनाएर अनुगमन गर्ने तयारी गरिएको अख्तियारले जनाएको छ । केही स्थानीय तहविरुद्ध परेका उजुरी भने नितान्त व्यक्तिगत पूर्वाग्रहको आधारमा रहेको समेत पाइएको छ । ‘राम्रै काम गरेका स्थानीय तहविरुद्ध पनि पूर्वाग्रहका आधारमा उजुरी हालेको पाइएको छ, त्यस्ता उजुरीबारे भने छानबिन जरुरी छैन,’ अख्तियार स्रोतले भन्यो ।

अख्तियारले ६१ बँुदे निर्देशन दिएपछि केही स्थानीय तह भने सच्चिन थालेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पनि अख्तियारले दिएको निर्देशन कार्यान्वयन भए नभएको बारेमा स्थानीय तहसँग समन्वय गरिरहेको छ । मन्त्रालयका प्रवक्ता भुपाल बरालले अख्तियारले निर्देशन दिएपछि केही स्थानीय तहमा सुधार आएको बताए । ‘हामीले स्थानीय तहलाई अख्तियारको निर्देशनलाई पालना गराउन आवश्यक समन्वय गरिरहेका छांै, त्यसैले स्थानीय तहमा सुधार आउने क्रम बढिरहेको छ,’ प्रवक्ता बरालले राजधानीसँग भने । अख्तियारका अनुसार स्थानीय तह र प्रदेशमा नीतिगत, कानुनी अधिकार, कार्यगत व्यवस्था, शिक्षा, स्वास्थ्य, क्षमता विकास, सार्वजनिक सेवा प्रवाह, पूर्वाधार विकासमा समस्या देखिँदै आएको छ ।

 

 

–प्रदेश २ का स्थानीय तहमा पाँचवटा अनुगमन टोली
–कुल उजुरीमध्ये १५ प्रतिशत बढी प्रदेश २ का
–अन्य प्रदेशका स्थानीय तहमा पनि अनुगमन गरिने
–केही स्थानीय तह सच्चिन थाले

स्थानीय तहलाई सक्षम बनाउनुपर्ने

संघीयता विज्ञ डा. खिमलाल देवकोटाले स्थानीय तहमा विभिन्न सरकारबीच समन्वय नहुनु र केन्द्र सरकारले जनप्रतिनिधि तथा कर्मचारीलाई तालिमको व्यवस्था नगर्दा समस्या देखिएको बताए । उनका अनुसार हाल स्थानीय तह र प्रदेशमा नीतिगत, कानुनी अधिकार, कार्यगत व्यवस्था, शिक्षा, स्वास्थ्य, क्षमता विकास, सार्वजनिक सेवा प्रवाह, पूर्वाधार विकासमा समस्या देखिँदै आएका छन् । केन्द्रीय सरकारले स्थानीय तहका जनप्रतिनिधिलाई तालिम नदिएको जनप्रनिधिले गुनासो गरेका छन् । संघीयताका जानकार डा. शंकर शर्माले स्थानीय तहमा अनियमितता र भ्रष्टाचारका उजुरी बढ्दै जानु डरलाग्दो अवस्था रहेको बताएका छन् ।

संघीयताको कल्पना गर्नेबेला नै स्थानीय तहलाई सबै अधिकार दिएमा अनियमितता हुन्छ भनेरै लेखा परीक्षण अडिट केन्द्रले गर्ने व्यवस्था गरिएको डा. शर्माको भनाइ छ । अहिले अख्तियार र महालेखापरीक्षकको कार्यालयले पनि स्थानीय तहमा सुशासन कायम गर्ने विषयमा चासो देखाउनु सकारात्मक भएको डा. शर्माले बताए ।

 

यस्ता विकृति छन्

अख्तियारका अनुसार राजनीतिक प्रकृतिका संस्थामा बजेट विनियोजन गर्ने गरिएको छ । यस्तै, विकास निर्माणको एउटै कामलाई दोहोरो देखाई झुटा बिलभर्पाइ एवं विवरण बनाएर भुक्तानी दिने गरिएको छ । उपभोक्ता समितिलाई कामै नगरी फस्र्योट दिने गरिएको छ । केही स्थानीय तहमा कमिसन लिएर अपूरा आयोजनाको फरफारक गरेको पाइएको छ । यसैगरी कानुनविपरीत डोजरजस्ता हेभी इक्विपमेन्ट प्रयोग गरिएको, तालिमलाई भत्ता खाने माध्यम बनाइएको, सार्वजनिक खरिद मनपरी हुने गरेको अख्तियारको ठहर छ । यस्तै, राजस्वसमेत हिनामिना गर्ने गरिएको, कानुनी व्यवस्था, प्रक्रिया र मापदण्डविपरीत कर्मचारी भर्ती गर्ने गरेको तथा सामाजिक सुरक्षाभत्ता दुरुपयोग गरेको पाइएको छ ।

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]