About Contact
१५ कार्तिक २०७७, शनिबार
Close
बिज्ञापन
चुरे तस्कर र प्रहरी प्रशासन संग साठगाँठले महतोको हत्या (तस्वीरहरु)

खोज केन्द्र शुक्रबार, पौष २५, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

धनुषाको प्रहरी प्रशासनकै संलग्नतामा अबैध चुरे तस्करी तथा उत्खनन बिरुद्व आवाज उठाउने यूवा ओ म प्रकाश महतोको हत्या गरिएको पिडित परिवारको आरोप छ ।

बालुवा गिटी तस्कर हरु नेपाल प्रहरी, जिल्ला प्रशासन धनुषा, जिल्ला समन्वय समिति तथा मिथिला नगरपालिका संग मिलेरै अबैध उत्खनन गर्दै आएकाले उनीहरुकै योजनामा हत्या भएको पिडित परिवारको दाबी छ ।

‘हामीलाई हेर्ने नदिइ मृत्यु भइसकेको मान्छेलाई प्रहरीले उपचारका लागि भनेर उठाएर लैजान्छ’, मृतकका दाई वीरेन्द्रले भने, ‘प्रहरीले घटनास्थलको मुचुल्का समेत उठाएन। कारण के हो? प्रहरीले घटना दबाउन गुपचुप रुपमा शव उठाए । प्रहरीकै संलग्नतामा घटना घटाइएको त होईन?’


‘जब घटनास्थलमा पुगे। शवको प्रकृति पुरै वनावटी लाथ्यो। पहिले हत्या गरेर त्यसपछि टाउकोमा टिपर चढाइदिएको रहेछ’, वीरेन्द्रले भने, ‘मरिसकेको मेरो भाइलाई हाम्रो घरपरिवार र समाजलाई राम्ररी हेर्न समेत दिएन। मृत्यु भइसके अवस्थामा प्रहरीले लास उठाएर लगे। मुचुल्का उठाएनन्। यो सबै प्रहरीकै सेटिंगमै भएको हो।’

दिलीप विगत डेढवर्षदेखि श्रीपुर गाउँ पश्चिमको बसही र गाउँ पूर्वको औरही खोलामा तीव्रगतिमा भइरहेको अवैध उत्खननविरुद्ध गाउँलेको नेतृत्व गर्दै आवज उठाउँदै आएका थिए। तर, गाउँलेले ईलाका प्रहरीलाई पटक पटक गुहार गर्दा समेत वेवास्ता गर्दै आएको र क्रसर तथा टिपर मालिकहरुसँग कमिसन खाँदै उनीहरुलाई सहयोग गर्दै आएका स्थानीयको आरोप छ।

ढल्केबरका स्थानीय वुद्धिजीवी सोमप्रसाद शर्माले घटना प्रहरीकै संलग्नतामा सुनियोजित रुपमा क्रसर मालिकले घटाएको आरोप लगाए।

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]