जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहमाथी आक्रमण गर्न खोज्ने पत्रकारलाई छिट्टो कानुनी दायरामा ल्याउन नेपाल नगरपालिका संघले अलटिमेटम दिएको छ ।
नेपाल नगरपालिका संघका केन्द्रिय अध्यक्ष अशोक ब्यागंजु श्रेष्ठले सरकारलाई अलटिमेटम दिएका छन ।
राज्यको चौथो अंगको रुपमा रहेको आमसंचार र पत्रकारीता पेशाकर्मीहरुको ब्यबसायिकताको उच्च मूल्यांकन र सम्मान गर्ने नगरपालिका संघको नीति रहेको बताउंदै अध्यक्ष श्रेष्ठले अभद्र र आक्रमणको प्रयास प्रती आप्ती जनाएको छ ।
अराजक समूहद्वारा गरिएको घटना प्रती नेपाल नगरपालिका संघ भत्सर्ना गर्दै कारवाही गर्न अलटिमेटम दिएका हुन । स्थानिय सरकारका जनप्रतिनिधिको मनोबल गिराउन गरिएको अराजक र निन्दनीय कार्य तत्काल रोक्न आह्वान गर्दै दोषीलाई कडा कारवाही गरि कानूनी दायरामा ल्याउन अध्यक्ष श्रेष्ठले मांग गरेको छ ।