About Contact
३० चैत्र २०७७, सोमबार
Close
बिज्ञापन
महतो हत्यामा घटनास्थलको मुचुल्का किन गरेन प्रहरीले ? स्थानीय र प्रहरीबीच झडप, १० राउण्ड आश्रु ग्यास प्रहार,प्रहरी हवल्दार घाइते

खोज केन्द्र शुक्रबार, पौष २५, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

जनकपुरधाम । धनुषाको मिथिला नगरपालिकामा बिहीवार बिहान टिपरको ठक्करवाट २४ वर्षीय दिलीपकुमार महतोको मृत्यु भएपछि पूर्वपश्चिम राजमार्गमा चक्काजाम गर्न पुगेका स्थानीय र प्रहरीबीच झडप भएको छ ।

सडक खुलाउने क्रममा प्रहरीले हस्तक्षेप गरेपछि स्थानीयहरुले प्रहरीमाथि ढुंगामुढा प्रहार गरेका थिए । प्रहरीले लाठी चार्ज गर्दा समेत स्थानीयले अवरोध जारी राखेपछि प्रहरीले १० राउण्ड आश्रु ग्यास प्रहार गरेको छ । सो क्रममा प्रहरी हवल्दार सचेन्द्र कुमार यादव घाइते भएका छन् ।

स्थानियले क्रसर उद्योगीको निर्देशनमा महतोको हत्या भएको आरोप स्थानियले लगाएका छन् । अनुसन्धान फितलो बनाउन घटनास्थलमा मुचुल्का नै नउठाइ खोलाबाट प्रहरीले शव उठाएको भन्दै स्थानीयहरु आक्रोशित छन् । ना ७ ख ६४१३ नम्बरका टिपरले महतोलाई ठक्कर दिएको थियो ।

साथीसँग मिथिला नगरपालिका–५ श्रीपुरमा रहेको घरनजिक मर्निङवाक गएका बेला महतोलाई टिपरले ठक्कर दिएको थियो । टिपर र चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय ढल्केबर प्रहरी निरीक्षक रामकुमार यादवले बताएका छन ।

घटनापछि विरोधमा स्थानीयले टायर बालेर पूर्वपश्चिम राजमार्ग केही घण्टा अवरुद्ध पारेका थिए् । अहिले महतोको शव पोस्टमार्टम का लागि प्रादेशिक अस्पताल जनकपुरधाममा ल्याइएको छ ।

सम्बन्धित

ताजा अपडेट
प्रदेस २: एमालेमा गएका चार सांसद पदमुक्त
मिथिला लघुवित्तको सञ्चालकमा मन्दिरा आचार्य निर्वाचित
बन्ने भो सहिद नितु यादव स्मृति भवन, भौतिक मन्त्री सोनलद्वारा शिलान्यास

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]