About Contact
१५ कार्तिक २०७७, शनिबार
Close
बिज्ञापन
बालुवा गिट्टी तस्करले महतोलाई मेरै आँखा अगाडी हत्या गर्यो : प्रत्यक्षदर्सी यादब , ढल्केवर तनाबग्रस्त

फुलगेन महतो शुक्रबार, पौष २५, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

जनकपुर – अबैध बालुवा गिट्टी उत्खनन गरी चुरे तस्करी गर्ने गिरोहले ओ म प्रकाश महतोको हत्या गरेको प्रत्यक्षदर्सी रोशन यादबले सुनाए ।

अबैध बालुवा गिट्टी उत्खनन तथा चुरे तस्करी नियन्त्रण न्यूनीकरण गर्ने सरकारी निकाय जिल्ला प्रशासन कार्यालय धनुषा तथा जिल्ला प्रहरी कार्यालय, जिल्ला समन्वय समिती धनुषा र स्थानिय नगरपालिका सहित नियमणकारी निकायको मिलोमतोमा (रकम चलखेल)का कारण चुरे, नदिजन्री बस्तुको तस्करी बढेको भन्दै स्थानियहरु प्रदर्शनमा उत्रेका छ्न ।

नियमणकारी निकायको गैरजिम्मेवारीका कारण तथा चुरे तस्करको मिलोमतोका कारण महतोको हत्या भएको यादबको आक्रोश पोखे । रातिराती चुरे उत्खनन तथा नदिजन्य बस्तुको तस्करी हुँदै आएको थियो- यादबले भने ‘महतो र म रोक्नको लागि त्यहां पुगे । साथिले उत्खनन कार्य डोजर चालक र टिफर चालकलाई आग्रह गर्यो । त्यतिकै मा उनिहरुको हुल्ले जानिजानी महतोमाथी टिपर चलाए । त्यहांबाट म भाग्दै गाउँ टोलमा गुहार गरे । गाउंलेहरु आउंदा उनिहरु भागिसकेका थिए । प्रहरी पनि आयो र महतोको शवलाई मुचुल्का नै नगरी नियन्त्रणमा लिई पोष्टमार्टमका लागि प्रकृया अगाडि बढायो ।’ यादबलाई प्रहरीले आबश्यक सोधपुछका लागि नियन्त्रणमा लिएको छ ।


यता, अबैध रुपमा बालुवा गिट्टी उत्खनन रोक्न पुगेका ओम प्रकाश महतोमाथि डोजर चढाएर हत्या गरिएको बिरोधमा ढल्केवर तनाबग्रस्त बनेको छ । बिहानै देखि स्थानियहरु कार्वाहीको मांग गर्दै पूर्वपश्चिम महेन्द्रराज मार्ग अबरुद्ध गर्दा प्रहरी संग झडप समेत भएको स्थानिय श्रवण महतोले जानकारी दिए ।


स्थानियहरुको आरोप छ- ‘ औरही खोलाको अबैध उत्खनन गर्ने ठेक्केदारबाट ढल्केवर ईलाका प्रहरी चौकी, जिल्ला प्रहरी, जिल्ला प्रशासन र नगरपालिकाका पदाधिकारी ले महिनाबारी लिदै आएका छन ।’
डोजरले किच्चेर मारिएको महतो अबैध उत्खननको बिरोध गर्न उत्खनन स्थलमै पुगेका थिए ।

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]