About Contact
०७ आश्विन २०७८, बिहिबार
Close
बिज्ञापन
एकिकृत शहरी विकास परियोजना : जनकपुरधाम सडकको अनुगमन

खोज केन्द्र मंगलबार, पौष ०१, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

जनकपुरधाम,पुस १ ।एकिकृत शहरी विकास परियोजना अन्तरगत बनेको सडकको गुणस्तर सम्वन्धि जनकपुरधाम उपमाहानगरपालिकाले अनुगमन गरेको छ । परियोजना अन्तरगत बनेको सडक मध्ये परिक्रमा सडकलाई जनकपुरधाम उपमाहानगरपालिकाका मेयर लालकिशोर साह र उपमेयर रीता कुमारी मिश्रले संयुक्तरुपमा अनुगमन गरेको हो ।अनुगमनमा परियोजनामा तोकिएको सडकको लेयर सम्वन्धि कोर काटेर सडकको लेयर मोटाई सम्वन्धि अनुगमन गरिएको छ ।पहिलो चरणमा परिक्रमा सडकको हरेक सय मिटरमा कोर कटिङ गरेर सडकको लेयर मापदण्ड अनुसार रहेको या नरहेको सम्वन्धि अनुगमन गरिएको छ ।अनुगमन गर्दै नगर प्रमुख लालकिशोर साहले पहिलो चरणमा सडकको लेयर पचास एमएमको हुनुपर्ने तोकीएको मापदण्ड अनुसार अनुगमनको क्रममा ठिकै नरहेको वताए ।थिकनेस अन्तरगत परियोजनाको काम ठेकेदारले मापदण्डअनुसार नै अनुगमनको क्रममा भेटिएको उनले भने ।मेयर साहले जनकपुरधामलाई सफा र सुन्दर वनाउने अभियान अन्तरगत नगरभित्रका सडक संजाललाई टिकाउ र मजवुतीका साथै सुन्दर बनाउनका लागि सडकको कोर कटिंगको चेक गरेको वताउदै दोस्रो चरणमा कोर कटिंग गरिएको सेम्पललाई काठमाण्डौमा ल्याव टेस्ट गरि सडकको कंक्रिटमा परियोजनाले तोकेको मापदण्ड पुरा गरिएको अथवा नगरिएको त्यस सम्वन्धि प्रुफिङ पश्चातनै कार्य अगाडी बढाइने वताए ।अनुगमनको क्रममा उपमेयर रीता कुमारी मिश्रले अनुगमनको क्रममा मापदण्ड अनुसार नै सडक निमार्ण गरिएको आफुहरुले पाएको तथा अर्को चरणको ल्याव टेस्टका लागि सेम्पललाई काठमाण्डौ पठाइएको जानकारि दिईन ।डीजाइन कन्सल्टन सुपरभिजनका इनजीनियर एसपी चौधरीका अनुसार स्पाल कंक्रिट गर्दा खेरी दुई तीन महिनामा गाडी चलेपछि सडकको लेयरलाई चाहिने जती कम्पेक्सन हुने र त्यसपछि कोर काटेर थिकनेस पता लगाइन्छ ,त्यसपछि कम्पेक्सन लेभल पुगेको या नपुगेको वुझनका लागि डेन्सीटि पता लगाइन्छ ।सडकको लेयर ५० एमएम रहेको छ जसको ९८ प्रतिसत डेन्सीटि रहेको छ ।जसलाई निमार्ण गरिएको मार्शल संग कम्पेयर गरिन्छ ।त्यसपछि त्यसको प्रतिसत कम्पेक्सन निकाल्ने गरिन्छ त्यसपछि यसमा भएको विटविन कम्पेक्सन अर्थात अलकतराको एपरेट्सलाई २४ घण्टा ओभनमा राखेर ब्वाइल गरेर वास गरेपछि विटवीनको तौल निकाल्ने अर्थात मापदण्ड अनुसार मिसाइएको अथवा नमिसाइएको थाहा पाइने छ । अर्को चरणमा स्टेश्नएरिया देखि अन्य बाकि सडकको कोर कटिंग अनुगनम गरिने मेयर साहले जानकारि दिए ।

सम्बन्धित

ताजा अपडेट
प्रदेश सभा: राजेन्द्र महतोको ज्वाईं महासेठको तलब गैरकानूनी, रकम असुलन मलेपको निर्देशन
धनुषामा १२ वर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा ६० वर्षिय बृद्ध पक्राउ, बलात्कार गरेको भिडियो भाईरल
माओवादीको लालकिलामा एमालेको लहर !

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]l.com