About Contact
०७ आश्विन २०७८, बिहिबार
Close
बिज्ञापन
काठमाडौंबाट सवारी भाडामा लिइ लुट्ने दुईजना धनुषामा पक्राउ

खोज केन्द्र आइतबार, भाद्र २७, २०७८ मा प्रकाशित

featured photo: खोज केन्द्र

संघीय राजधानी काठमाडौंबाट गाडी बुक गरी बीच बाटोबाट लुट्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंबाट बा २ ज ३९४० नम्बरको सुजूकी अल्टो गाडी घर पुर्‍याइ दिन भनी भाडामा ल्याएर सर्लाहीस्थित बाँके जङगल गाडी लुटेर भाग्ने दुईजनालाई जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गरेको हो ।

काठमाडौंबाट घर पुर्‍याइ दिन साढे १२ हजार भाडा तय भएको थियो। आउने क्रममा आइतबारर बिहान ५ बजे सर्लाहीको बाँकेस्थित जङगलमा चालकलाई रडले टाउको प्रहार गरी बेहोस् भएपछि गाडी लिएर भागेका उनीहरु पक्राउ परेका हुन् ।

उनीहरु गाडी लिएर भाग्ने क्रममा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका हरिहरिपुर स्थित अनियन्त्रित भई गाडी दुर्घटना भएपछि ई–रिक्सा चढेर भागेका थिए । यता सूचना पाएलगत्तै प्रहरीको विशेष टोलीले अनुसन्धान गर्दै जादा ई–रिक्सा चढी भाग्दै गरेको अवस्थामा धनुषाको धनुषाधामबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

पक्राउ पर्नेमा सुनसरी जिल्लाको भोक्राहा ५ बस्ने २७ वर्षीय मुरुदिन मियाँ र नविब आलम रहेको प्रहरीले जनाएको छ । उनीहरु नातामा मामा–भान्जा हुन् ।  पक्राउ परेका दुवैजनालाई प्रहरी हिरासतमा ल्याइ थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।

उनीहरु जिल्ला अदालत धनुषाबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाइने प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए ।

सम्बन्धित

ताजा अपडेट
प्रदेश सभा: राजेन्द्र महतोको ज्वाईं महासेठको तलब गैरकानूनी, रकम असुलन मलेपको निर्देशन
धनुषामा १२ वर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा ६० वर्षिय बृद्ध पक्राउ, बलात्कार गरेको भिडियो भाईरल
माओवादीको लालकिलामा एमालेको लहर !

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]