About Contact
०७ आश्विन २०७८, बिहिबार
Close
बिज्ञापन
कान्छो मेयर बरबरियाद्धारा चरम भ्रष्टाचार, नगरपालिकाको बजेटबाट दुबई सयर

प्रत्येक खर्चमा अनियमितता : नगरभित्रै अनगुमन गरेको नाममा लाखौं रकम झवाम्म, नगरपालिकाकै स्रोतबाट मेयरले गरे दुवइ भ्रमण श्रोतबाट विदेश भ्रमण, नगरभित्रै अनगुमन गर्न लाखौ भत्ता बुझे

खोज केन्द्र बिहिबार, भाद्र २४, २०७८ मा प्रकाशित

featured photo: खोज केन्द्र

धनुषाको शहीदनगर नगरपालिकामा प्रमुखले नगरभित्रै अनुगमन गर्ने नाउँमा लखौँको भत्ता बुझेको पाइएको छ । शहीदनगर नगरपालिकामा नगरप्रमुख उदय बरबरियाले नगर भित्रै अनुगमन गर्न लाखौ रुपैयाँ भत्ता बुझ्नुका साथै नगरपालिकाकै श्रोतबाट रकम खर्चेर विदेश भ्रमण गरेको पाइएको हो ।

महालेखा परिक्षकको प्रतिवेदन अनुसार शहीदनगर नगरपालिकाले दैनिक ७ हजार ८सय ३८ रुपैयाँको दरले इन्धनमा एक वर्षमा २८ लाख ६१ हजार १५५ रुपैयाँ खर्च गरेको छ ।

नगरपालिकाले पदाधिकारीको इन्धनमा १५ लाख ६० हजार ३सय ७९ र कार्यालय प्रयोजनमा १३ लाख ७सय ७६ गरी कुल २८ लाख ६१ हजार १५५ रुपैयाँ इन्धनमा खर्च गरेको हो । जसमध्ये नगरप्रमुख बरबरियाले नगर भित्र अनुुगमन गरेको नाममा ४ लाख ६९ हजार ९ सय रुपैयाँ इन्धन खर्च गरेका छन् ।

नगरपालिकाले इन्धन खर्चको मापदण्ड तयार गरेको छैन भने सवारी साधन अनुसार वार्षिक इन्धन खर्च र उपयोगको विवरण खुल्ने गरी अभिलेख समेत नरहेको महालेखा परिक्षकको कार्यालयले भनेको छ ।

नगरप्रमुख बरबरिययाले नगरपालिकाकै खर्चमा दुवई भ्रमण गरेको समे पाइएको छ । उनले पदाधिकारी तथा कर्मचारीले विदेश भ्रमण गर्नुको उद्देश्य समेत नखुलाई भ्रमण आदेश स्वीकृत गराएर ४ लाख ७ हजार ७सय २० रुपैयाँ भ्रमणको नाममा खर्च गरेका छन् ।

नगरप्रमुख बरबरिया र प्रमुख प्रशासकिय अधिकृत नन्दकुमार झा २०७६ मंसिर ११ गतेदेखि २० गतेसम्म दुवईको सारजाँहा भ्रमणका लागि पुगेका थिए । सो भ्रमणमा नगरप्रमुख बरबरियाले २ लाख १५ हजार ५ सय ८० र प्रशासकिय अधिकृत नन्दकुमार झाले १ लाख ९२ हजार १ सय ४० रुपैयाँ खर्च गरेका छन् ।

मेयर बरबरियाले नगरभित्र अनगुमन गरेको नाममा पनि लाखौं रकम झवाम्म पारेका छन् । भ्रमण खर्च नियमावली, २०६४ अनसुार आफू कार्यरत क्षेत्रभित्र भ्रमण गर्दा दैनिक भ्रमण भत्ता नपाउने तथा एकै दिन गएर फर्किन सक्ने ठाउँमा खाजा खर्च वापत दैनिक भ्रमण भत्ताको २५५ रकम उपलब्ध गराउन मिल्ने व्यवस्था रहेपनि नगरभित्र अनगुमन गरेको भन्दै शदिदनगरका मेयर बरबरियाले दैनिक भ्रमण भत्तावापत ४ लाख ६९ हजार ९ सय रुपैयाँ अनावश्यक रुपमा खर्चेका छन् ।

आर्थिक कार्यविधि नियमावली,२०६४ को नियम ३६९८० बमोजिम बजेट खर्च गर्दा रित पुगे/नपुगेको जाँच गरी भुक्तनी गर्नुपर्ने व्यवस्था रहेपनि शहीदनगरले बा।१७ च। ३९३४ नम्बरको गाडी मर्मत गरेवापत फोटोकपी बिल संलग्न गरी कन्टिनेनटल सर्भिस प्रालिलाई १ लाख २९ हजार रुपैयाँ भुक्तानी गरेको छ । उक्त गाडी नगरपालिकाको समेत नभएको र कार्यालयको कामको सिलसिलामा काठमाडौं जाँदा दुर्घटनामा परी अर्को पक्षको गाडी मर्मत गराई रकम भुक्तानी गरेको पाइएको छ ।

त्यस्तै, सार्वजनिक खरिद ऐन,२०६३ को दफा ५ अनुसार सार्वजनिक निकायले १ लाख रुपैयाँ भन्दा बढिको कुनैपनि खरिदको लागि तोकिएबमोजिम लागत अनुमान तयार गर्नुपर्ने, दफा ८९२० मा खरिद गर्दा प्रतिस्पर्धा सिमित हुने गरी टुक्रा–टुक्रा पारी खरिद गर्न नहुने, सार्वजनिक खरिद नियमावली,२०६४ को नियम ८५९१घ० मा एक आर्थिक वर्षमा एकै पटक वा पटक पटक गरी सिमाभन्दा बढि रकमको वा एउटै व्यक्ति, फर्म, कम्पनी वा संस्थाबाट एकपटकभन्दा बढि सोझै खरिद गर्न नपाउने व्यवस्था रहेपनि सो नगरपालिकाले उल्लेखित व्यवस्थाको पालना नगरी जनकपुरधामस्थित त्रिनेत्र न्युज नेटवर्कलाई रेडियो कार्यक्रम, नगर प्रोफाइल तयारी र योजना तर्जुमा सम्बन्धी तयारीको नाममा १० लाख ३५ हजार रुपैयाँ अनाधिकृत रुपमा भुक्तानी गरेको पाइएको छ ।

त्यस्तै, प्रतिफलविहिन देखिने होली महोत्सव कार्यक्रम सञ्चालन गर्न बजेट विनियोजन गरी न्यू पवन इम्पोरियमलाई कुर्था पैजामा होली ड्रेस खरिद गरेवापत ३१ हजार र अनुप जनकपुर मिडिया प्रोडक्सन हाउसलाई कार्यक्रम सञ्चालनको नाममा २ लाख गरी कुल २ लाख ३१ हजार रुपैयाँ अनावश्यक रुपमा खर्च गरेको देखिएको छ ।

शहीदनगरले दिवा खाजा कार्यक्रम सञ्चालनका लागि १ करोड ४३ लाख ५२ हजार १५० रुपैयाँ खर्चेको देखिएको छ । जसमा अधिकांश विद्यालयहरुलाई बढि रकम निकासा गरिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।
नि:शुल्क पाठ्यपुस्तक खरिदका लागि ३९ वटा विद्यालयलाई ३८ लाख ५६ हजार ८०८ रुपैयाँ अनुदान निकासा गरिएको छ । सार्वजनिक विद्यालयमा प्रदान गरिने नि:शुल्क पाठ्यपुस्तक विद्यालयले खरिद गरी विद्यार्थीले प्राप्त गरे/नगरेको, विद्यालयले प्रयोग गर्ने पाठ्यसामग्री पाठ्यक्रम विकास केन्द्रको स्वीकृत सूची मध्येबाट भए/नभएको सम्बन्धमा समेत नगरपालिकाले कुनै प्रभावकारी अनगुमन गरेको छैन् ।

त्यस्तै, सामुदायिक विद्यालयमा अध्ययनरत किशोरावस्थाका छात्राहरुलाई वितरण गर्नका लागि खरिद गरिएका १३ लाख ८८ हजार ९२२ रुपैयाँको सेनेटरी प्याड वितरण नै नगरी स्टोरमा मौज्दात राखेको पाइएको छ ।
सवारी साधन खरिद गर्दा उल्लेखित व्यवस्थाको पालना नै नगरि ४ लाख ७ सयमा २ वटा मोटरसाइकल र ९६ लाख ९० हजारमा २ थान चारपाङग्रे गाडी खरिद गरी १ करोड ९० हजार ७ सय रुपैयाँ कानूनको पालना नगरी खरिद गरेको पाइएको छ ।

यसबाहेक अन्य दर्जनौं अनावश्यक शीर्षकहरुमा शहीदनगर नगरपालिकाले करोडौं रुपैयाँ मनोमानी खर्च गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।सो नगरपालिकाले दैनिक ७ हजार ८३८ रुपैयाँको दरले इन्धनमा एक वर्षमा २८ लाख ६१ हजार १५५ रुपैयाँ खर्च गरेको छ ।

सार्वजनिक खर्चमा मितव्ययिता र प्रभावकारिता कायम गर्ने सम्वन्धी नीतिगत मार्गदर्शन, २०७५ मा सवारी साधनको इन्धन, मर्मत खर्चमा एकरुपता ल्याउन निश्चित मापदण्ड बनाई कार्यान्वयनमा ल्याउनु पर्ने साथै सरकारी सवारी साधन सरकारी काममा मात्र प्रयोग गर्ने, सरकारी सवारी साधन अनाधिकृत व्यक्तिले प्रयोग नगर्ने जस्ता व्यवस्था गरेको छ । तर, सो नगरपालिकाले उल्लेखित व्यवस्थाको पालना नगरी पदाधिकारीको इन्धनमा १५ लाख ६० हजार ३७९ र कार्यालय प्रयोजनमा १३ लाख ७७६ गरी कुल २८ लाख ६१ हजार १५५ रुपैयाँ इन्धनमा खर्च गरेको छ ।

नगरपालिकाले इन्धन खर्चको मापदण्ड तयार गरेको छैन भने सवारी साधन अनुसार वार्षिक इन्धन खर्च र उपयोगको विवरण खुल्ने गरी अभिलेख समेत राखेको छैन ।
स्थानिय तहका पदाधिकारी तथा सदस्यहरुको सुविधासम्वन्धी ऐनहरुमा पदाधिकारीहरुका लागि सल्लाहकार तथा सहायक कर्मचारी राखी पारिश्रमिक दिने व्यवस्था नरहेपनि शहीदनगरले सो व्यवस्थाको पालना नगरी कानुनी सल्लाहकार केशव यादवलाई २०७६ साउनदेखि २०७७ असारसम्म काम गराइ मासिक ३५ हजार ९९० का दरले चाडपर्व खर्च समेत गरी कुल ४ लाख ६७ हजार ८७० रुपैयाँ भुक्तानी गरेको छ । कानुनमा उल्लेखित सुविधा वाहेक सल्लाहाकार कर्मचारी नियुक्ति गरी खर्च गर्ने कार्य नियमित नदेखिएको महालेखाको ठहर छ ।

पदाधिकारी वा कर्मचारी विदेश भ्रमण गर्नु पर्दा नेपाल सरकार मन्त्रिपरिषदले निर्णय गर्नुपर्ने व्यवस्था छ । तर, शहीदनगरका मेयर उदय कुमार यादव बरबरियाले पदाधिकारी तथा कर्मचारीले विदेश भ्रमण गर्नुको उद्देश्य समेत नखुलाई भ्रमण आदेश स्वीकृत गराई ४ लाख ७ हजार ७२० रुपैयाँ भ्रमणको नाममा खर्च गरेका छन् ।

नगरप्रमुख बरबरिया र प्रमुख प्रशासकिय अधिकृत नन्दकुमार झाले २०७६ मंसिर ११ गतेदेखि २० गतेसम्म दुवइको सारजाँहासम्म भ्रमण गरेको नाममा सो रकम नगरपालिकाकै स्रोतबाट खर्च गरेको उल्लेख छ ।

मेयर बरबरियाले नगरभित्र अनगुमन गरेको नाममा पनि लाखौं रकम झवाम्म पारेका छन् । भ्रमण खर्च नियमावली, २०६४ अनसुार आफू कार्यरत क्षेत्रभित्र भ्रमण गर्दा दैनिक भ्रमण भत्ता नपाउने तथा एकै दिन गएर फर्किन सक्ने ठाउँमा खाजा खर्च वापत दैनिक भ्रमण भत्ताको २५५ रकम उपलब्ध गराउन मिल्ने व्यवस्था रहेपनि नगरभित्र अनगुमन गरेको भन्दै शदिदनगरका मेयर बरबरियाले दैनिक भ्रमण भत्तावापत ४ लाख ६९ हजार ९ सय रुपैयाँ अनावश्यक रुपमा खर्चेका छन् ।

आर्थिक कार्यविधि नियमावली,२०६४ को नियम ३६९८० बमोजिम बजेट खर्च गर्दा रित पुगे/नपुगेको जाँच गरी भुक्तनी गर्नुपर्ने व्यवस्था रहेपनि शहीदनगरले बा।१७ च। ३९३४ नम्बरको गाडी मर्मत गरेवापत फोटोकपी बिल संलग्न गरी कन्टिनेनटल सर्भिस प्रालिलाई १ लाख २९ हजार रुपैयाँ भुक्तानी गरेको छ ।

उक्त गाडी नगरपालिकाको समेत नभएको र कार्यालयको कामको सिलसिलामा काठमाडौं जाँदा दुर्घटनामा परी अर्को पक्षको गाडी मर्मत गराई रकम भुक्तानी गरेको पाइएको छ ।

त्यस्तै, सार्वजनिक खरिद ऐन,२०६३ को दफा ५ अनुसार सार्वजनिक निकायले १ लाख रुपैयाँ भन्दा बढिको कुनैपनि खरिदको लागि तोकिएबमोजिम लागत अनुमान तयार गर्नुपर्ने, दफा ८९२० मा खरिद गर्दा प्रतिस्पर्धा सिमित हुने गरी टुक्रा–टुक्रा पारी खरिद गर्न नहुने, सार्वजनिक खरिद नियमावली,२०६४ को नियम ८५९१घ० मा एक आर्थिक वर्षमा एकै पटक वा पटक पटक गरी सिमाभन्दा बढि रकमको वा एउटै व्यक्ति, फर्म, कम्पनी वा संस्थाबाट एकपटकभन्दा बढि सोझै खरिद गर्न नपाउने व्यवस्था रहेपनि सो नगरपालिकाले उल्लेखित व्यवस्थाको पालना नगरी जनकपुरधामस्थित त्रिनेत्र न्युज नेटवर्कलाई रेडियो कार्यक्रम, नगर प्रोफाइल तयारी र योजना तर्जुमा सम्बन्धी तयारीको नाममा १० लाख ३५ हजार रुपैयाँ अनाधिकृत रुपमा भुक्तानी गरेको पाइएको छ ।

त्यस्तै, प्रतिफलविहिन देखिने होली महोत्सव कार्यक्रम सञ्चालन गर्न बजेट विनियोजन गरी न्यू पवन इम्पोरियमलाई कुर्था पैजामा होली ड्रेस खरिद गरेवापत ३१ हजार र अनुप जनकपुर मिडिया प्रोडक्सन हाउसलाई कार्यक्रम सञ्चालनको नाममा २ लाख गरी कुल २ लाख ३१ हजार रुपैयाँ अनावश्यक रुपमा खर्च गरेको देखिएको छ ।

सम्बन्धित

ताजा अपडेट
प्रदेश सभा: राजेन्द्र महतोको ज्वाईं महासेठको तलब गैरकानूनी, रकम असुलन मलेपको निर्देशन
धनुषामा १२ वर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा ६० वर्षिय बृद्ध पक्राउ, बलात्कार गरेको भिडियो भाईरल
माओवादीको लालकिलामा एमालेको लहर !

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]