About Contact
०७ आश्विन २०७८, बिहिबार
Close
बिज्ञापन
जनकपुरधाम उपमहानगरले बनाइरहेको शहीद गेट निर्माणको टेण्डरमै भ्रष्टाचार

खोज केन्द्र बुधबार, भाद्र २३, २०७८ मा प्रकाशित

featured photo: खोज केन्द्र

जनकपुरधाम– जनकपुरधाम उपमहानगरपालिकाले निर्माण गरिरहेको शहीद गेटको नाममा अनियमितता भएको पाइएको छ।

मधेश आन्दोलनका शहीदहरुको सम्मानमा बनाउन लागिएको शहीद गेट निर्माणमा अनियमितता भएको महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख छ। जनकपुरधाम उपमहानगरपालिकाले उपमहानगरको उत्तरी प्रवेशद्वार मुजेलियामा शहीद गेट निर्माण गराइरहेको छ।

यसको लागि गरिएको टेण्डर प्रक्रियामा अनियमितता गरिएको महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको हो। उपमहानगरले शहीद गेट निर्माणका लागि २०७६ साल माघ १० गते पहिलो पटक सूचनासहित टेण्डर आह्वान गरिएको थियो।

३० दिन अवधि तोकिएको सो टेण्डरमा रवीन्द्र कन्स्ट्रक्सन प्रा।लि।को प्रस्ताव मात्र परेको थियो। तर सो कन्स्ट्रक्सनको अनुभव सम्बन्धी कागजात नक्कली प्रमाणित भएपछि ठेक्का अस्वीकृत गरिएको थियो। त्यसपछि २०७६ फागुन १८ गते १५ दिने सूचना आह्वान गरेपछि गौरी पार्वती साप जे।भि। को एकल प्रस्ताव परेको थियो।

महालेखापरीक्षकको प्रतिवेदनमा ४ करोड २८ लाख ७० हजार ४ सय ६२ रुपैयाँ अनुमानित लागत गरिएकोमा १।०५ प्रतिशत घटीमा मात्रै अर्थात ४ करोड ८ लाख ८ हजार ५३ रुपैयाँमा प्रस्ताव स्वीकृत गरिएकोले बिना प्रतिस्पर्धा प्रस्तावकर्तालाई ठेक्का उपलब्ध गराइएको भनिएको छ।

२०७७ साल असार २० गते शिलान्यास गरिएको सो शहीद गेट निर्माणमा आर्थिक वर्ष २०७६र७७ मा ४४ लाख ७७ हजार ७ सय २ र आर्थिक वर्ष २०७७र०७८ मा २ करोड बजेट विनियोजन गरिएकोमा जेष्ठसम्ममा १ करोड ३२ लाख ३२ हजार ४ सय २ रुपैयाँ खर्च गरिएको हो।

जनकपुरधाम–ढल्केवर सडक खण्डअन्तर्गत निर्माण भइरहेको ३१ फिट अग्लो द्वारको तीनवटा पिलरमा तेस्रो मधेश आन्दोलनको क्रममा सहादत प्राप्त गरेका नितु यादव, दिलिप यादव र सञ्जय चौधरीको प्रतिमा र माथि भगवान रामले धनुष लिएको प्रतिमा रहने डिजाइन गरिएको छ।

सम्बन्धित

ताजा अपडेट
प्रदेश सभा: राजेन्द्र महतोको ज्वाईं महासेठको तलब गैरकानूनी, रकम असुलन मलेपको निर्देशन
धनुषामा १२ वर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा ६० वर्षिय बृद्ध पक्राउ, बलात्कार गरेको भिडियो भाईरल
माओवादीको लालकिलामा एमालेको लहर !

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]