About Contact
०७ आश्विन २०७८, बिहिबार
Close
बिज्ञापन
पूर्वमन्त्री ज्ञानेन्द्रकुमार यादवद्धारा १ करोड भन्दा बढी बजेट रकमान्तर

खोज केन्द्र बुधबार, भाद्र २३, २०७८ मा प्रकाशित

featured photo: खोज केन्द्र

प्रदेश २ का तत्कालीन आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवले आफ्ना कार्यकर्ताहरूलाई पाल्नको लागि आर्थिक वर्षको अन्तमा एक करोडभन्दा बढी बजेट रकमान्तर गरेका छन्।

तत्कालीन मन्त्री यादवले आर्थिक वर्ष २०७७र७८ मा मन्त्रालयको विभिन्न शीर्षकमा छुट्याइएको एक करोड ३५ लाख २५ हजार रूपैयाँ रकमान्तर गरेको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका प्रवक्ता अवधकिशोर कुशवाहाले जानकारी दिएका हुन्।

महालेखापरीक्षकको कार्यालयले प्रत्येक वर्ष मन्त्रालयहरूमा सुरूमा बजेट विनियोजन कम गरी पछि अर्थ विविधबाट निकासा एवं रकमान्तर गरी रकम थप गर्ने परिपाटी बजेट सिद्धान्तविपरीत रहेको बताउँदै आएको छ। तर मन्त्रालयहरूले प्रत्येक वर्ष असारमा बजेट रकमान्तर गर्दै आएका छन्।

कानुन मन्त्रालयले गत वर्ष विभिन्न शीर्षकबाट करोडौँ रकम रकमान्तर गरेको मन्त्रालयले उपलब्ध गराएको सूचनामा उल्लेख छ। मन्त्रालयले विद्यार्थीहरूको लागि भित्तेपत्रिका गोष्ठीको लागि ६४ लाख, सवारीसाधन मर्मतको लागि १० लाख, मसलन्द तथा कार्यालय सामग्री खर्चको लागि ५ लाख रुपैयाँ रकमान्तर गरेको छ।

त्यस्तै पदाधिकारीहरूको भ्रमण खर्चको लागि १० लाख, निजामती कर्मचारीहरूको भ्रमण खर्चको लागि ५ लाख, शान्ति सुरक्षा विशेष विभिन्न खर्चको लागि ३ लाख, प्रि–फ्याब भवन निर्माणको लागि २३ लाख २५ हजार र सामाजिक तथा आर्थिक सहायताको लागि १५ लाख रूपैयाँ रकमान्तर गरिएको छ।

बुझे तलबभत्ता
गत वर्ष आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा मन्त्रीभन्दा बढी राज्यमन्त्रीले तलबभत्तावापत रकम बुझेका छन्।

पूर्वमन्त्री ज्ञानेन्द्रकुमार यादवले आर्थिक वर्ष २०७७र७८ मा तलबभत्ता र दैनिक भ्रमणभत्तासहित १२ लाख ४ हजार ६ सय ७४ रूपैयाँ बुुझेका छन्। पूर्वराज्यमन्त्री सरोजसिंह कुशवाहाले तलबभत्ता, दैनिक भ्रमणभत्ता र घर भाडावापत १८ लाख ८ हजार १९ रूपैयाँ बुझे।

मन्त्रालयले पदाधिकारीहरूको बैठकभत्ताको लागि १५ लाख विनियोजन गरेकोमा १२ लाख ६४ हजार ५ सय ५० रूपैयाँ बैठकको नाउँमा खर्च गरेको छ।

सम्बन्धित

ताजा अपडेट
प्रदेश सभा: राजेन्द्र महतोको ज्वाईं महासेठको तलब गैरकानूनी, रकम असुलन मलेपको निर्देशन
धनुषामा १२ वर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा ६० वर्षिय बृद्ध पक्राउ, बलात्कार गरेको भिडियो भाईरल
माओवादीको लालकिलामा एमालेको लहर !

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]