About Contact
०७ आश्विन २०७८, बिहिबार
Close
बिज्ञापन
उपेन्द्र यादव नेतृत्वको जसपा पुन: फुट्दै

खोज केन्द्र बुधबार, भाद्र १६, २०७८ मा प्रकाशित

featured photo: खोज केन्द्र

जनता समाजवादी पार्टी (जसपा)मा मन्त्री बन्न हानाथाप भएको छ । जसका कारण जसपालाई मन्त्रीको नाम टुंगो लगाउन धौ–धौ भएको छ ।

हाल जसपामा २२ सांसद छन् । जसपा स्रोतका अनुसार अधिकांश सांसदले मन्त्रीमा दाबी गरेका छन् । मन्त्री नबनाएमा पार्टी छाड्नेदेखि फोड्नेसम्म धम्की सांसदहरूले दिन थालेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले ढिलोमा बुधबारसम्म मन्त्रीपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । देउवाको तयारीसँगै मन्त्री चुन्न जसपा अध्यक्ष उपेन्द्र यादवलाई हैरानी भएको हो ।

यसअघि यादव आफैं सरकारमा जाने तयारीमा थिए । तर, पार्टीभित्रैबाट विरोध र सत्तारुढ गठबन्धनले सरकारमा उपप्रधानमन्त्री दिन नसकिने बताएपछि उनी मन्त्री नबन्ने मनस्थितिमा पुगेका छन् । यसअघि उनले उपप्रधानमन्त्री दाबी गर्दै आएका थिए ।

कसको नेतृत्वमा सरकारमा पठाउने भन्ने पनि जसपाले टुंगो लगाउन सकेको छैन । आकांक्षी धेरै भएपछि जसपालाई मन्त्री छान्न धौ–धौं भएको छ ।

जसपाले यसअघि ७ मन्त्रालयले पाउनुपर्ने माग गरेको थियो । एमाले विभाजन गरेका माधवकुमार नेपालको पार्टी नेकपा एकिकृत समाजवादी पनि सरकारमा जाने भएपछि जसपाले हाल ६ मन्त्रालय माग गर्दै आएको छ । तर, सत्तारुढ गठबन्धनले जसपालाई बढीमा ५ मन्त्रालयले दिन सकिने प्रष्ट पारिसकेको छ ।

यस्तो अवस्थामा मन्त्रालयको संख्या कम र मन्त्रीका आकांक्षी बढी भएपछि अध्यक्ष यादवलाई अहिले टाउको दुखाइको विषय बनेको छ ।

यी हुन् उपेन्द्र गुटमा लागेका मन्त्रीका आकांक्षी
जसपा स्रोतका अनुसार मन्त्री बन्न धेरै सांसद आकांक्षी भएपनि महेन्द्र राय यादव मन्त्री बन्ने लगभग पक्का जस्तै भएको छ ।

त्यस्तै, सांसदहरू प्रदीप यादव, रेणु यादव, मोहम्मद इस्तिया राई, अमृता अग्रहरी मन्त्री बन्ने सम्भावना छ ।

उपेन्द्रलाई डर

जसपा विवादमा मन्त्री बन्ने आशमा केही सांसद महन्थ ठाकुलाई छाडेर यादव पक्षमा लागेका थिए । तर, अहिले उनीहरूले मन्त्री नबनाएपछि साथ छाडने वा पार्टी विभाजन गर्ने चेतावनी दिएपछि जसपा अध्यक्ष यादव थप दवावमा परेका छन् ।

जसपाका एक सांसद भन्छन्, ‘सबैलाई समेट्दै मन्त्रीको नाम टुङ्ग्याउनु अध्यक्ष ज्यूलाई चुनौंती छ । सबैलाई मन्त्री चाहिएको छ । मन्त्री नबनाए पार्टी छाड्नेदेखि फोड्नेसम्म धम्की दिइरहेका छन् ।’

यसअघि जनता समाजवादी पार्टी (जसपा) को अध्यक्ष रहेका महन्थ ठाकुरले नयाँ दल दर्ता गर्दैछन् । उनको नयाँ दल जनता समाजवादी पार्टी लोकतान्त्रिक गठनको प्रक्रियामा छ ।

ठाकुरले शुरु गरेको नयाँ दल दर्ता प्रक्रिया नटुंगिँदै जसपा फेरि फुटको संघारमा पुगेको छ ।

स्रोतका अनुसार ठाकुरले पार्टी विभाजन गरेपछि पनि जसपामा अहिले तीन गुट सक्रिय छन् । जसमा अध्यक्ष यादव र डा।बाबुराम भट्टराई पक्ष एक गुट हो ।

दोस्रो गुटको नेतृत्व सांसद प्रमोद शाहले गरेका छन् । उनको पक्षमा सांसदहरू रानी मण्डल, नरमाया ढकाल र अमृता अग्रहरीलगायत छन् ।

त्यस्तै, तेस्रो गुटको नेतृत्व गरेकी सांसद रेणु यादवको पक्षमा प्रदीप यादव, सुरेन्द्र यादव, रामबाबु यादवलगायत छन् ।

श्रोतका अनुसार जसपाको दोस्रो र तेस्रो गुट अध्यक्ष यादवको हेपाहा प्रवृतिबाट आजित छ । एक सांसदले भने, ‘अध्यक्ष ज्यूको हेपाहा प्रवृति सहेर अब जसपामा धेरै दिन बस्न सकिँदैन ।’

उनले दिएको जानकारी अनुसार मन्त्री बन्न नपाउने सांसदहरू जसपा फुटाउने तयारीमा छन् । उनीहरुले मन्त्रिमण्डल विस्तारलाई कुरिरहेका छन् ।

एक सांसदले नेपाली पब्लिकसँग भने, ‘अध्यक्षज्यूले सधैँ आफ्नोलाई काखा र अर्कोलाई पाखा लगाउनुहुन्छ । अब मन्त्रिपरिषद् विस्तार हुँदा कस्तो व्यवहार गर्नुहुन्छ, सबै कुरा त्यसमा भरपर्छ ।’

सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेका कारण मन्त्री बन्न नपाउने सांसदलाई पार्टी विभाजन गर्न पनि सजिलो हुनेछ । उक्त अध्यादेशमा सांसद वा केन्द्रीय समितिमा २० प्रतिशत पदाधिकारी पुगे नयाँ दल दर्ता गर्न पाइने व्यवस्था गरिएको छ ।

यसअघि जसपामा सांसद ३५ थिए । ठाकुर पक्षसँग १३ सांसद गएपछि हाल जसपामा २२ सांसद मात्रै छन् । यस्तो अवस्थामा असन्तुष्ट सांसदले सजिलै पार्टी विभाजन गर्न सक्छन् ।

अध्यक्ष यादवले मन्त्रिपरिषद् विस्तारमा आफ्नो पक्षलाई नसमेटेमा पार्टी विभाजन गर्ने तयारीमा दोस्रो र तेस्रो गुट छन् ।

यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक पुस ५ गते संसद विघटन गरेपछि नै जसपामा विवाद सिर्जना भएको थियो । त्यसपछि सुरु भएको विवाद निर्वाचन आयोगले हेड काउन्ट गरेर उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएपछि साम्य भएको थियो । उक्त विवाद सकिएलगत्तै जसपा फेरि विभाजनको संघारमा पुगेको छ ।

तर, अध्यक्ष यादवसँग असन्तुष्ट एक सांसद भन्छन्, ‘जसपा फेरि विभाजन गर्ने कि बचाउने भन्ने अध्यक्षज्यूकै हातमा छ । मन्त्री बनाउँदा कसरी बनाउनुहुन्छ, सबै कुरा त्यसमै भरपर्छ ।’

पछिल्लो समय तराईका जिल्लामा जसपा अध्यक्ष यादवको प्रभाव घट्दै गएको विश्लेषण असन्तुष्ट पक्षको छ । त्यसकारण यादवको पक्षमा लागिरहँदा राजनीतिक भविष्य उज्वल नदेखेका उनीहरू जसपा विभाजनको तयारीमा लागेका हुन् । त्यसका लागि मन्त्रिपरिषद् विस्तारसम्म कुर्नुपर्ने हुन्छ ।

यता सांसद रामबाबु यादवले भने आफुँ कुनै गुटबन्दीमा नलागेको बताएका छन्। ‘म कुनै पद वा केहिको लोभमा लागेर त्यस्तो कुनै गतिवीधीमा लाग्नेवाला छैन्,’ नेपाली पब्लिकसँग उनले भने, ‘म जसपा थिए, जसपा छु र जसपा रहिरहनेछु।

सम्बन्धित

ताजा अपडेट
प्रदेश सभा: राजेन्द्र महतोको ज्वाईं महासेठको तलब गैरकानूनी, रकम असुलन मलेपको निर्देशन
धनुषामा १२ वर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा ६० वर्षिय बृद्ध पक्राउ, बलात्कार गरेको भिडियो भाईरल
माओवादीको लालकिलामा एमालेको लहर !

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]