About Contact
०१ जेठ २०७८, शनिबार
Close
बिज्ञापन
अबैध बालुवा गिट्टी उत्खनन रोक्न जांदा धनुषामा एक यूवामाथि डोजर चढाई हत्या

खोज केन्द्र शुक्रबार, पौष २५, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

जनकपुर – अबैध बालुवा गिट्टी उत्खनन रोक्न जांदा धनुषामा एक यूवामाथि डोजर चढाई हत्या गरिएको छ ।

धनुषाको मिथिला नगरपालिका, श्रीपुरमा औरही खोलाबाट रातिको समयमा ठेक्केदारले अबैध रुपमा बालुवा गिट्टी उत्खनन रोक्न पुगेका ओम प्रकाश महतोमाथि डोजर चढाएर हत्या गरिएको छ ।

हत्या पछी डोजर चालक तथा ठेक्केदार फरार भएको ढल्केवर प्रहरीले जनाएको छ । स्थानियहरु हत्याको बिरोधमा उत्रेका छन । उनीहरु प्रदर्शन गर्दै हत्यारालाई कार्वाही र अबैध बालुवा गिट्टी उत्खनन रोक्न मांग गरेका छ्न ।

मृतक को शवलाई प्रहरीले नियन्त्रणमा लिएका छन । यूवामाथि डोजर चढाएर हय्या गरेपछि ढल्केवर तनाब ग्रस्त छ ।

प्रहरी प्रशासनकै मिलोमतोमा औरही खोलाबाट बिगत लामो समय देखि अबैध उत्खनन हुंदै आएको स्थानिय श्रवण महतोले बताए ।

हत्या गरेको यूवकको शवलाई प्रहरीले आबश्यक घट्ना मुचुलुका बिनानै नियन्त्रणमा लिएकाले बाध्य भएर आन्दोलनमा उत्रेको उनले बताए ।

स्थानियहरुको आरोप छ- ‘ औरही खोलाको अबैध उत्खनन गर्ने ठेक्केदारबाट ढल्केवर ईलाका प्रहरी चौकी, जिल्ला प्रहरी, जिल्ला प्रशासन र नगरपालिकाका पदाधिकारी ले महिनाबारी लिदै आएका छन ।’

डोजरले किच्चेर मारिएको महतो अबैध उत्खननको बिरोध गर्न उत्खनन स्थलमै पुगेका थिए ।

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]