About Contact
०७ आश्विन २०७८, बिहिबार
Close
बिज्ञापन
प्रदेश २: अर्थ मन्त्री साहको पहिलो प्रहार, धितो मूल्याङ्कनको राजश्व लिने

खोज केन्द्र बुधबार, भाद्र १६, २०७८ मा प्रकाशित

featured photo: खोज केन्द्र

अहिले मुलुकमा कर आतंकले गाउँगाउँका हाम्रा नेपाली जनता त्रसित छन् । अहिले दोहोरो–तेहेरो कर गाउँ, प्रदेशका गरिब जनताले तिर्नु परेको छ।

जनतालाई कर भार घटाउनु पर्ने मांग उठिरहेको बेला प्रदेश २ सरकारले राजस्व सङ्कलनको थप नयाँ क्षेत्र तोकेको छ ।

बैङ्क तथा वित्तीय संस्थाबाट ऋण वृद्धि गर्दा थप्नुपर्ने धितो मूल्याङ्कनको समेत राजस्व लिने र पहिले राखिएको धितो मूल्याङ्कनको राजस्व फिर्ता गर्ने नीतिगत निर्णय प्रदेशको अर्थ मन्त्रालयले गरेको छ।

प्रदेशका नवनियुक्त अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले कार्यभार ग्रहण गरेपछि यस्तो नीतिगत निर्णयमा हस्ताक्षर गरेका छन्।

चालू आर्थिक वर्षका लागि गरिएको यस निर्णयबाट सेवाग्राहीलाई अघिल्लो पटक ऋण लिँदा धितो मूल्याङ्कन बापतको राजस्व रकम फिर्ता हुने प्रदेश अर्थ मन्त्रालयका सचिव काशीराज दाहालले जानकारी दिए।

उनले ऋण बढोत्तरी हुँदा धितो मूल्याङ्कनको थप राजस्व असुल हुने हुँदा प्रदेश सरकारको सञ्चित कोषमा रकम बढ्ने बताए।

प्रदेश सरकारको सञ्चित कोषमा चारदेखि ६ अर्ब रुपैयाँसम्म रहने गरेको छ। यो रकम विभिन्न तहका सरकारबीच राजस्व बाँडफाँड हुँदा प्राप्त रकम र प्रदेशको आन्तरिक राजस्व रकम हो।

अघिल्ला वर्षहरूमा प्रदेश सरकारले खर्च गर्न नसक्दा प्रदेश सञ्चित कोषमा रकम वृद्धि हुँदै आएको थियो।

प्रदेश सरकारले यातायात, मालपोत, व्यवसाय दर्ता, दण्ड जरिवाना र प्रशासनिक दस्तुरबाट वार्षिक तीनदेखि चार अर्ब रुपैयाँ राजस्व सङ्कलन गर्दै आएको छ।

त्यस्तै मन्त्री साहले प्रदेशमा वित्तीय अनुशासन कायम गर्ने, विनियोजित बजेट निकासामा विलम्ब नहुने, कुनै पनि मन्त्रालयको योजना कार्यान्वयनका लागि औचित्य र आवश्यकताका आधारमा स्रोत परिचालन गर्ने र मानव विकास सूचकाङ्कमा कमजोर स्थितिमा रहेका शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्रलाई आफूले प्राथमिकता दिने बताए। उनले कृषिमा आधारित अर्थतन्त्रको विकास गरिने पनि उल्लेख गरे।

सम्बन्धित

ताजा अपडेट
प्रदेश सभा: राजेन्द्र महतोको ज्वाईं महासेठको तलब गैरकानूनी, रकम असुलन मलेपको निर्देशन
धनुषामा १२ वर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा ६० वर्षिय बृद्ध पक्राउ, बलात्कार गरेको भिडियो भाईरल
माओवादीको लालकिलामा एमालेको लहर !

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]