About Contact
०७ आश्विन २०७८, बिहिबार
Close
बिज्ञापन
सहयोगि मन: सुदिप झा ! 

अनाथ आश्रमलाई प्रत्येक मासिक तलबबाट सहयोग गर्दै

खोज केन्द्र आइतबार, भाद्र १३, २०७८ मा प्रकाशित

featured photo: खोज केन्द्र

निकै सहयोगि स्वभावका सुदिप झा पछिल्लो दश महिनादेखि निरन्तर मासिक तलबबाट रकम जोगाएर जनकपुरको अनाथ आश्रमलाई सहयोग गर्दै आएका छन् । अनावश्यक र अत्यधिक इच्छाहरुलाई कटौती गर्दै सम्पूर्ण मानव बाच्न पाउने चाहनालाई पुरा गर्दै युवा झा दसौं मासिक बचत स्वरुप आनाथ आश्रम जनकपुरका गुरु सत्यनारायण आलोक समक्ष हस्तान्त्तरण गरेका छन् ।

मानव जाती सवैको सहारा बन्नु पर्छ भन्ने मान्यता लिएर आफुले सक्दो सहयोग गर्दै आएको झाले सुनाए । मिसन स्वच्छ आहार, केवल मात्र शाकाहार मेरो मुल उद्देश्य हो, झा भन्छन – मेरो दुई छाक भोजनको इच्छालाई त्यागेर मासिक बचत स्वरूप मेरा गुरुजी सत्यनारायण आलोक समक्ष केही बेसहाराहरुको निम्ति बुझाए । जुन मेरो लागि निकै सुखद हो ।

केही हदसम्म भए पनि भोकै सुत्न न परोस्, झा भन्छन( मैले मात्र खाएर पुग्दैन ,सबैले खान पाइयोस् भन्ने सोच छ, त्यसलाई नै पुर्णता दिनको निम्ति सहयोग गरे । खुशी महशुस भई रहेको छ।अत्यन्तै हर्षित छु।

हाम्रो समाजमा सहयोग गर्न धेरै नै असहज छ किन भन्दा सबलाई समर्थन मात्र चाहिन्छ । बिरोध गर्नुभएन तर मेरो के सिधाान्त छ भने समर्थन गर्न सक्ने जतिले बिरोध पनि गर्ने अधिकार पाइयोस् । यसरी सत्यको समर्थन गर्दा र असत्यको बिरोध गर्न पाउदा न्याय कहिले मर्दैन र सामजिक अपराधहरु बाट उन्मुक्ति पाउन सकिन्छ । सामाज बिकासको बाटो तर्फ उन्मुख हुन्छ ।

कुलत र कुसंहतको पछि न लागौं किनकि यसले हामीलाई कदापि महान बनाउदैन । बनाउछ केवल बेरोजगार र बिरामी त्यसैले युवा देशको भविष्य हो हामीले हाम्रो देश र सामाजको भविष्य उज्ज्वल बनाउनेतर्फ लागौं, झाले भने ।

सम्बन्धित

ताजा अपडेट
प्रदेश सभा: राजेन्द्र महतोको ज्वाईं महासेठको तलब गैरकानूनी, रकम असुलन मलेपको निर्देशन
धनुषामा १२ वर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा ६० वर्षिय बृद्ध पक्राउ, बलात्कार गरेको भिडियो भाईरल
माओवादीको लालकिलामा एमालेको लहर !

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]