About Contact
०७ आश्विन २०७८, बिहिबार
Close
बिज्ञापन
पदाधिकारीको ध्यान कमाउनतिर: राष्ट्रपति चुरे तराईका कर्मचारी भागाभाग

खोज केन्द्र शनिबार, भाद्र १२, २०७८ मा प्रकाशित

featured photo: खोज केन्द्र

 

राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिका पदाधिकारीको ध्याउन्न यतिवेला कमाउ धन्दातिर नै गएको पाइएको छ । २०७७ चैत्रमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले किरण पौडेललाई समितिको अध्यक्षमा नियुक्ति गरेको थियो । पौडेलसहित अन्य सदस्यहरू पनि त्यही समयमा नियुक्त भएका थिए ।

दोलखाकी कमला वलीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘बा’ भनेकै भरमा बोर्ड सदस्य पड्काएको बताइन्छ । उनको जिम्मेवारी यतिवेला २ नम्बर प्रदेशमा रहेको छ ।मुख्य कार्यालय खुमलटारबाट उनले व्याग झोला लिएको भएपनि प्रदेश कार्यालयबाट पनित्यही सुविधा लिएकोखबर छ । यही सामान्य घटनाबाट उनको नियत प्रष्ट भएको सम्वद्ध कर्मचारीहरू बताउँछन ।

सप्तरीको फत्तेपुर नगरपालिकामा नगर तटवन्धको काम भक्तपुरस्थित रोयल निर्माण कम्पनीले ५५ प्रतिशत बिलोमा गएर करिव ३६ लाख लागतमा ठेक्का लिएको थियो । सानो ठुलो गरी ६–७ वटा ठेक्का हात पारेको सो कम्पनीले स्पेसिफिकेशन र सम्झौता अनुसार काम नगरेको पाइएपछि कार्यालयले जरिवाना स्वरुप १ लाख रुपैयाँ कटाएर रकम भुक्तानी गर्‍यो। यसमा बोर्ड सदस्य वलीले पनि सहमति जनाएकोबताइन्छ ।
कम्पनीका प्रोपाइटरसँग वलीको काठमाडौंमा भेटघाट भएपश्चात ठेकेदार कम्पनीलाई गरिएको १ लाख जरिवाना रकम तत्कालै भुक्तानी गर्न वलीले दवाव दिएको समाचार सोत बताउँछ ।

प्रदेश नम्वर १ हेर्ने जिम्मेवारी शशी शर्माको रहेको छ । त्यसैगरी अध्यक्ष पौडेललाई वाग्मती प्रदेश हेर्नेगरी जिम्मेवारी तोकिएको छ । लुम्विनी प्रदेशको जिम्मेवारी बोर्ड सदस्य सुस्मितालाई तोकिएको छ भने ६ र ७ को जिम्मेवारी भेषराज आचार्य ९बरुणं० ले पाएका छन ।

बोर्डले नै कार्यविधि बनाएर स्वीकृत गराउनुपर्ने भएपनि त्यसो नगरी बोर्डले मनपरी ढंगले अनुगमनपश्चात कार्यक्रम स्वीकृत गरेर आफू अनुकूलका उपभोक्तामार्फत काम गराइरहेको पाइएको छ । काठमाडौंबाट नै टिएडिए लिएर फिल्डमा गएपनि सम्बन्धित कार्यालयबाट बोर्ड सदस्यहरूले तेलबापत भन्दै रकम लिने गरेको श्रोत बताउछ । यसमा सबैभन्दा अगाडि कपिलबस्तु घर भएका बोर्ड सदस्य भेषराज रहेको बताइन्छ ।

नियुक्ति पाएका बोर्ड सदस्यहरूकोसातै प्रदेशमा आ–आफनो जिम्मेवारी तोकिएको छ । तर उनीहरू तोकिएको जिम्मेवारी पूरा गर्नेतिर भन्दा पनि मौका यही हो सकेको लाभ लिऔं भन्ने शैलीमालिप्त हुन थालेको आरोप छ । बोर्ड सदस्यहरूको शैली र लोभी चरित्रका कारण आफूहरूलाई काम गर्न अफ्ठ्यारो परेको भन्दै केही कर्मचारी सरुवा मागेर अन्यत्रै हिंडेको समाचार छ । यसरी सरुवा मागेर हिंड्ने शाखा अधिकृत भिष्म आचार्य र अर्का समाजशास्त्री अधिकृत बलबहादुर घर्ती रहेको समाचार स्रोत बताउँछ ।

राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिको सदस्य सचिव रहेकै अवस्थामा डा।कृष्णप्रसाद आचार्यको सचिवमा बढुवा भयो । उनको बढुवा भए पश्चात सो पदमा बद्री ढुंगानालाई पठाइएको खबर छ ।

 

सम्बन्धित

ताजा अपडेट
प्रदेश सभा: राजेन्द्र महतोको ज्वाईं महासेठको तलब गैरकानूनी, रकम असुलन मलेपको निर्देशन
धनुषामा १२ वर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा ६० वर्षिय बृद्ध पक्राउ, बलात्कार गरेको भिडियो भाईरल
माओवादीको लालकिलामा एमालेको लहर !

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]