About Contact
०७ आश्विन २०७८, बिहिबार
Close
बिज्ञापन
मन्त्रीको सपथ गराइदैँ, यस्तो छ अन्तिम लिष्ट (नामावलीसहित)

कांग्रेसबाट ४, माओवादीबाट ५, जसपाबाट ७ र माधव पक्षबाट १ जना गरी १७ जनालाई मन्त्रीको सपथ गराइदैँ

पुष्कर वसन्त बिहिबार, भाद्र १०, २०७८ मा प्रकाशित

featured photo: खोज केन्द्र

काँग्रेसबाट थप ४ जना, माओवादीबाट थप ५ जना र जसपाबाट ७ जना र एमाले माधव नेपाल समूहका स्वतन्त्र सांसदसहित मन्त्रीमण्डल विस्तार गरिदैछ ।

सोमबार हुने मन्त्रीपरिषद् विस्तारमा कांग्रेसबाट पुष्पा भुसाल, दिलेन्द्र बडू, तेजुलाल चौधरी, प्रकाशमान सिंह, तेजुलाल चौधरी मन्त्री वा भीमसेनदास प्रधान मन्त्री बन्ने लगभग पक्का भएको छ । माओवादीबाट सुदन किराती, मात्रिका यादव, शशी श्रेष्ठ, देवेन्द्र पौडेल र महेश्वर गहतराज (अथक) मन्त्री बन्दैछन् ।

उनीहरुलाई दिने मन्त्रालयको टुङ्गो लागि सकेको छैन् । गठबन्धनको बैठक बसेर मन्त्रालयको बारेमा टुङ्गो लगाएर सबैको एकैचोटी सपथ ग्रहण कार्यक्रम राख्न बालुवाटारको तयारी छ ।

देउवा सरकारमा एमालेबाट राष्ट्रिय सभाका सांसद खिमलाद देवकोटा मन्त्री बन्ने श्रोतको दावि छ । जसपाबाट स्वयम् अध्यक्ष यादव, महेन्द्र राय यादव, मोहम्मद इस्तियाक राई, प्रमोद साह, अमृता अग्रहरी, नरमाया ढकाल लगायत मन्त्री बन्नेछन् ।

महन्थको दल सत्ता कि प्रतिपक्ष 
लोकतान्त्रिक समाजवादी पार्टीले पनि सरकारमा जान सक्ने संकेत दिएको छ । ‘प्रधानमन्त्रीको तर्फबाट केही प्रस्ताव आएका छन् । अहिले पार्टी निर्माणको प्रक्रियामा नै रहेको हुँदा निर्णय दिएका छैनौँ । दल दर्ताको प्रक्रिया बल्ल सकिएको छ । अब पार्टीको बैठक बसेर छलफल गर्छौँ,’ लोकतान्त्रिक समाजवादी पार्टीका नेता अनिलकुमार झाले भने ।

सम्बन्धित

ताजा अपडेट
प्रदेश सभा: राजेन्द्र महतोको ज्वाईं महासेठको तलब गैरकानूनी, रकम असुलन मलेपको निर्देशन
धनुषामा १२ वर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा ६० वर्षिय बृद्ध पक्राउ, बलात्कार गरेको भिडियो भाईरल
माओवादीको लालकिलामा एमालेको लहर !

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]