About Contact
१३ माघ २०७७, मंगलबार
Close
बिज्ञापन
जनकपुरधाम उपमहानगरपालिकाका कर्मचारी ‘पेनडाउन’ आन्दोलनको घोषणा

खोज केन्द्र बिहिबार, पौष २४, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहको कार्यकक्षमा भएको कुटपिट विषयलाई लिएर आन्दोलनको घोषणा गरिएको छ।जनकपुरधाम उपमहानगरपालिका कर्मचारी इकाई एशोसिएसन समितिले पुस २५ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म कालोपट्टी बाँधी ‘पेनडाउन’ गर्ने निर्णय गरेको छ।

‘पेनडानबाट नगरबासीमा पर्ने असुविधाका लागि क्षमाप्रार्थी छौँ’, समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। मंगलबार दिउँसो नगर प्रमुख साहको कार्यकक्षमा विवाद चर्किएपछि कर्मचारी र पत्रकारबीच कुटाकुट भएको थियो।

उक्त घटनामा वडासदस्य सुनिता मेस्तरनी र महिला कर्मचारी प्रमिला मण्डल, मिना साह र पुष्पा यादव घाइते भएकी छन्। उनीहरूलाई पत्रकारले कुटपिट गरेको नगरपालिकाका कर्मचारीले जनाएको छ।

यता, घटनापछि बुधबार नेपाल पत्रकार महासंघले कुटपिट गर्ने नगर प्रमुख पक्षका व्यक्तिलाई कारबाही गर्न पाँचदिने अल्टिमेटम दिँदै प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेललाई ज्ञापनपत्र बुझाका छन्। सोही दिन जनकपुरधाम कर्मचारी इकाई एशोशिएसनले पनि प्रजिअ कणेललाई नै ज्ञापनपत्र बुझाउँदै कुटपिट गर्ने पत्रकारलाई कानूनी कारबाही गर्न माग गरेका छन्। घटनामा महासंघले कुटिएका पत्रकारमध्ये केहीले स्वयं कसैले कुटपिट नगरेको र नसोधेरै नाम उल्लेख गरेको जनाएका छन्।

पत्रकारबाट कुटिएको भनिएकी महिलाहरू भने प्रादेशिक अस्पताल जनकपुरमा भर्ना छन्। घाइते महिलालाई बिहीबार नगर प्रमुख साह अस्पतालमै पुगेर भेटघाट गरी अवस्था बुझेका छन्। मेयर साहले पनि पत्रकार जबरजस्ती कार्यकक्षमा पुगेर प्रतिक्रिया लिन खोजेको र कुटपिट गरी महिलालाई घाइते बनाएको बताएका छन्।

सम्बन्धित

ताजा अपडेट
धनुषाको शहीदनगरका मेयरको भाइले कुटे इन्जिनियर, कमिशन बिबाद
रौतहट: नयाँ घर बनाउने सपना बोकी विदेश गएका कुर्मीको जब फर्कियो
धनुषाको बिदेह नगरपालिकामा झुलुङे पुल निर्माण

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]