About Contact
०७ आश्विन २०७८, बिहिबार
Close
बिज्ञापन
प्रादेशिक अस्पताल जनकपुरको सटर भाडाको ९२ लाख गोलमाल

खोज केन्द्र मंगलबार, भाद्र ०८, २०७८ मा प्रकाशित

featured photo: खोज केन्द्र

प्रादेशिक अस्पताल जनकपुरले सटरहरु भाडामा लगाएकोमा त्यसको आम्दानी पारदर्शी नभएको पाइएको छ। 

महालेखापरीक्षकको कार्यालयले सटर भाडा वापतको करिब ९२ लाख रुपैयाँ असुल गर्नुपर्ने रहेको जनाएको छ। शुक्रबार महालेखापरीक्षकको कार्यालयले आर्थिक वर्ष २०७६/७७ को प्रतिवेदन सार्वजनिक गरेकोमा प्रादेशिक अस्पताल जनकपुरले विगतमा गरेको सटरभाडा सम्बन्धी सम्झौताको अभिलेख नराखेको जनाएको छ।

लेखापरीक्षणको समयमा कार्यालय र विभिन्न १९ व्यवसायीसँग भएको सम्झौताअनुसार एक आर्थिक वर्षको र ५० लाख ५३ हजार रुपैयाँ भाडा प्राप्त हुनुपर्ने देखिएकोमा आर्थिक वर्ष २०७६/७७ मा २९ लाख ११ हजार रुपैयाँ असुली भएको र बाँकी २१ लाख ४२ हजाररुपैयाँ तथा विगतको असुल गर्न बाँकी रहेको ७० लाख ५३ हजार रुपैयाँ गरी जम्मा ९१ लाख ९५ हजार रुपैयाँ असुल गर्नुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ।

प्रतिवेदनको अनुसार विगतको असुल गर्नुपर्ने बाँकी राजश्व ७० लाख ५३ हजार रुपैयाँको अभिलेख प्रमाणित नरहेकोले यसको पनि यकिन गर्ने आधार नरहेको उल्लेख गरिएको हो।

सम्बन्धित

ताजा अपडेट
प्रदेश सभा: राजेन्द्र महतोको ज्वाईं महासेठको तलब गैरकानूनी, रकम असुलन मलेपको निर्देशन
धनुषामा १२ वर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा ६० वर्षिय बृद्ध पक्राउ, बलात्कार गरेको भिडियो भाईरल
माओवादीको लालकिलामा एमालेको लहर !

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]