About Contact
०७ आश्विन २०७८, बिहिबार
Close
बिज्ञापन
धनुषामा दुई जनाको हत्या, गाडिएको अवस्थामा शव फेला

खोज केन्द्र मंगलबार, भाद्र ०८, २०७८ मा प्रकाशित

featured photo: खोज केन्द्र

प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधामदेखि केही दुरीमा रहेको धनुषाको ललियामा दुई जनाको लास गाडिएको अवस्थामा फेला परेको छ ।

धनुषा जिल्लाको मिथिलाबिहारी नगरपालिका वडा नम्बर ५ ललियास्थित छोराले आफ्नै बुवा र श्रीमतीलाई काटेर जमिनमुनी गाडेको स्वीकार गरेका छन् ।

धनुषाको मिथिला बिहारी नगरपालिका ५, साविक मिथिलेश्वर निकास गाविस ८, ललिया स्थितको सो घटनापछि सिँगो गाउँमै खल्बलि मच्चिएको छ । स्थानिय २८ बर्षिय भागेश्वर मण्डलले आफनै बुवा चेता भन्ने रामवृक्ष मण्डल र श्रीमतीलाई हत्या गरेर शव गाडेको स्वीकार आफैँले गरेका छन् ।

नजिकै रहेको शिवजीको मन्दिरको साँचो राख्ने उनको बुवा रामवृक्षसँग विहान साँचो ९चाभी० ल्याउन गएका उनकै भाई पर्ने चन्द्रहँस मण्डलले उनको घरमा रगत देखेपछि छिमेकीहरुलाई समेत भनेपछि घटना बाहिर आएको हो ।

रामवृक्षको बारेमा चन्द्रहँसले सोधेपछि भागेश्वरले बुवा र श्रीमतिलाई मारेर गाडेको बताएका थिए । घरमा नभेटाएपछि उनको बुवा र श्रीमतीलाई खोजतलास गर्ने क्रममा घटना सार्वजनिक भएको स्थानियहरुले बताएका छन ।

भागेश्वरले नै दुवै जनालाई मारेर गाडेको स्वीकार आफैँ गरेका छन् । जब चन्द्रहँस साँचो ९चाभी० ल्याउन आज ९मँगलबार० बिहान उनको घरमा गए रामवृक्ष भेटाएनन् । तर उनको घरमा रगतको छिटाहरु देखेपछि भागेश्वरलाई बुवाको बारेमा सोधेका थिए । त्यसपछि भागेश्वरले भने,–“तपाईहरुलाई भन्नेबाला नै थिए, मैले दुवै जनालाई मारिदिए ।”

दुवैजनालाई मारेर उनको घरदेखि करिब ३५ मिटर पूर्वउत्तर रहेको पोखरीको छेउमा गाडेको बताइएको छ । सोही स्थानमा रहेको दुर्गा युवा क्लबको पछाडी गाडेको बताइएको छ ।स्थानीयहरुका अनुसार, भागेश्वर लागुऔषधको कुलतमा फँसेका युवक हुन् ।

अहिले पुलिस घटना स्थल पुगेर अनुसन्थान थालेको छ । बिस्तृत जानकारी आउन बांकी छ । महोत्तरीको भमरपुरामा भएको हत्याको घटना नसेलाउदै धनुषामा समेत हत्याको घटना सार्वजनिक भएको छ ।

सम्बन्धित

ताजा अपडेट
प्रदेश सभा: राजेन्द्र महतोको ज्वाईं महासेठको तलब गैरकानूनी, रकम असुलन मलेपको निर्देशन
धनुषामा १२ वर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा ६० वर्षिय बृद्ध पक्राउ, बलात्कार गरेको भिडियो भाईरल
माओवादीको लालकिलामा एमालेको लहर !

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]