About Contact
०७ आश्विन २०७८, बिहिबार
Close
बिज्ञापन
जनकपुर: चुरे संरक्षणको माग गर्दै आमरण अनशन बसेका अभियन्ताको स्वास्थ्य अवस्था गम्भीर

खोज केन्द्र बुधबार, भाद्र ०२, २०७८ मा प्रकाशित

featured photo: खोज केन्द्र

चुरे क्षेत्रका वन जंगल संरक्षणको माग राख्दै दुई जना चुरे अभियन्ता करिब एक सातादेखि आमरण अनशन बसेका छन् । उनीहरुको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको भए पनि माग सुनुवाई हुन सकेको छैन ।

चुरे तथा वन जंगल संरक्षण अभियानका केन्द्रीय सहसंयोजक रानी राय र चुरे तथा वन जंगल संरक्षण अभियान धनुषाका संयोजक अमन यादव जनकपुरधामस्थित जनक चोकमा आमरण अनशनमा बसेका हुन् । अनशनकारीहरुले सिरहास्थित मारुती सिमेन्टले कब्जा गरेको वन बुट्यानको जग्गा फिर्ता हुनुपर्ने सहित ५ सूत्रीय माग राखेका छन् ।

तराई मधेसको लाइफलाइन चुरे तथा वन जंगल रहेको र चुरे क्षेत्र दिन–प्रतिदिन दोहन हुँदै गएकोले आफुहरु चुरे वन जंगल क्षेत्र संरक्षण सहितका माग राखेर अनशन बसेको उनीहरुको भनाइ छ ।

६ दिनदेखि आमरण अनशनमा बसेका राय र यादवको स्वास्थ्य अवस्था बिग्रिँदै गए पनि अहिलेसम्म सरोकारवाला निकायले आफ्ना मागप्रति बेवास्ता गरेको उनीहरुको गुनासो छ । अनसनमा बसेकाहरुले माग पूरा नभएसम्म अनसन नतोड्ने, बरु मर्न तयार रहेको बताएका छन् ।

धनुषाका संयोजक अमन यादवले भने, ‘हाम्रो स्वास्थ्य अवस्था गम्भीर हुँदै गएको छ, सरकारले समेत वास्ता गरेको छैन । आफू विगतमा पनि मधेस आन्दोलनमा सरिक भएको तर अहिले चुरे वन क्षेत्र विनास रोक्न माग गरेर सत्याग्रहमा बस्दा प्रदेश सरकारले समेत बेवास्ता गरेको छ ।’

प्रदेश सरकारप्रति आफूहरुको बढी विश्वास रहे पनि चुरे वन क्षेत्र दोहनको विरोधमा जनता उत्रिँदासमेत बेवास्ता भएकोमा दु:ख लागेको उनले बताए  उनीहरुले चुरे अभियन्तामाथि लगाइएको झुठा मुद्दा खारेज हुनुपर्ने मागसमेत गरेका छन् । वन नियमावली २०५१ को दफा २२ को विपरीत डिभिजन वन कार्यालय सिरहाका प्रमुख सुभाष दासले आर्थिक कार्यक्रम सञ्चालन गरेको उनीहरुको आरोप छ ।

गत आर्थिक वर्षमा डिभिजन वन कार्यालय सिरहाले कोटेसन मार्फत फलफूलका बिरुवा खरिद गरेकोमा पनि अनियमितता भएको भन्दै उनीहरुले छानविनको माग गरेका छन् ।

अभियन्ताहरुले यसअघि पनि प्रदेश सरकारलाई ध्यानाकर्षण गराउँदै पटक–पटक ज्ञापनपत्र बुझाउनेदेखि मुख्यमन्त्री कार्यालय अगाडि १० दिनसम्म धर्ना दिएका थिए ।

 

सम्बन्धित

ताजा अपडेट
प्रदेश सभा: राजेन्द्र महतोको ज्वाईं महासेठको तलब गैरकानूनी, रकम असुलन मलेपको निर्देशन
धनुषामा १२ वर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा ६० वर्षिय बृद्ध पक्राउ, बलात्कार गरेको भिडियो भाईरल
माओवादीको लालकिलामा एमालेको लहर !

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]