About Contact
०७ आश्विन २०७८, बिहिबार
Close
बिज्ञापन
नवजीवन अस्पतालद्धारा विपन्न बालकको नि:शुल्क उपचार

अस्पतालको गुणले मेरो छोराको जिवन पाएं– बुबा

खोज केन्द्र बिहिबार, साउन २८, २०७८ मा प्रकाशित

featured photo: खोज केन्द्र

आर्थिक अभावका कारण विगत लामो समयदेखि अज्ञात रोगले ग्रसित भएका धनुषाका एक बालकलाई जनकपुरको नवजीवन हस्पिटलले नि:शुल्क उपचार गरेको छ । जिल्लाको कमला नगरपालिका वडा नं.९ नरहाका मनिष मुखियाको सवै उपचार नवजीवन हस्पिटलले ब्यहोरेको हो ।

परिवारको आर्थिक अवस्था कमजोर हुँदा मुखिया विगत लामो समयदेखि उपचार पाएका थिएनन् । विभिन्न रोगको लक्ष्ण देखिएका ८ वर्षिय मुखियाको अन्तिममा किड्नीले समेत काम गर्न छोडेपछि उनको स्वास्थ्य अवस्था जटिल बन्न पुगेको थियो । सुरुमा ज्वरो देखिएका मुखियाको उपचारमा ढिलाई हुँदै जाँदा शरिर सुनिए । त्यपछि अचेत हुने र किड्नीले समेत काम गर्न छोडेको थियो, नवजीवन हस्पिटलका चिकित्सक संजिव कुमार यादव भन्छन्– बालकलाई समयमै यस अस्पतालमा नल्याएको भए उनको अवस्था झन गाह्रो हुने थियो ।

‘मल्टिपल इन्थामेल्ट सिंघम ईन चाईलड’ नामक रोगले मुखियाको स्थिति विग्रेको थियो, चिकित्सक यादव भन्छन्– ‘कुनै कुनै बालबालिकामा मात्र यस्तो लक्ष्ण देखापर्छन् । जसको सिकार मुखिया भएका हुन् । खासमा यो रोगले बालबालिकाको व्रेनलाई असर गर्दछ । शरिरको रगतमा ईन्फेक्सन हुँदा बालबालिकामा विभिन्न रोगको लक्ष्ण देखा पर्छ । मुखियामा पनि यो रोग थियो । तर हामीले सफल उपचार गरेका छौं ।’

भारतको जयनगरबाट उपचार सम्भव नभएपछि जनकपुरको नवजीवन अस्पतालमा साउन १५ गते राती ११ बजे भर्ना गरायौं, मुखियाका वुवा विन्देश्वर मुखियाले भने– सुरुमा प्रदेशिक अस्पताल जनकपुरमा भर्ना गराउन पुगे । तर अस्पतालले आईसीयु खाली नरहेको भन्दै भर्ना लिन मानेन् । त्यसपछि नवजीवन अस्पतालको आईसीयुमा भर्ना गरायौं । पछि अस्पतालले नि:शुल्क नै उपचार गरेपछि आप्mनो छोराको जीवन रक्षा गरेको छ ।’  मेरो छोराको उपचारको लागि कतारमा रहेको हेल्प मधेसी कतारले समेत आर्थिक सहयोग गरेको विन्देश्वरले सुनाए ।

मुखियाको परिवार निकै हर्षित भएका छन् । लामो समयसम्म उपचार नपाएर जीवन विचल्लीमा परेका परिवारलाई नि:शुल्क उपचार पाउँदा हर्षित बनेका हुन् । मुखियाका बुबा भन्छन् – ‘मेरा लागी अस्पताल र डाक्टर भगवान जस्तै हुन् ।’ अुरोध स्विकार गरेर छोरालाई नि:शुल्क उपचार गरेर ठुलै गुण लगाएको विन्देश्वरले बताए ।

विपन्न तथा अन्य बालबालिकालाई नि:शुल्क उपचार गर्ने अस्पताल व्यवस्थापनको सहमति अनुसार नै मुखियाको उपचार नि:शुल्क गरिएको अस्पतालका प्रबन्धक संजिव साहले जानकारी दिए । १२ दिनको उपचार पछि बालकलाई घर पठाएका छौं, बालक अहिले ठिक भएको छ । एक महिना पछि पुन: स्वास्थ्य परिक्षणको लागि बोलाएका छौं ।

 

सम्बन्धित

ताजा अपडेट
प्रदेश सभा: राजेन्द्र महतोको ज्वाईं महासेठको तलब गैरकानूनी, रकम असुलन मलेपको निर्देशन
धनुषामा १२ वर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा ६० वर्षिय बृद्ध पक्राउ, बलात्कार गरेको भिडियो भाईरल
माओवादीको लालकिलामा एमालेको लहर !

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]