About Contact
१० आश्विन २०७७, शनिबार
Close
बिज्ञापन
प्रदेश २ राष्ट्रिय सभा निर्वाचन : क्रसभोटिङको खतरा

खोज केन्द्र बिहिबार, पौष २४, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

जनकपुरधाम । माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश २ मा क्रस भोटिङको सम्भावना रहेको छ । नेकपा र राजपाले गठबन्धन बनाएर चुनाव लड्ने घोषणासंगै नेपाली कांग्रेस र समाजवादी पार्टीले पनि गठबन्धन गरेका थिए । अहिले दुबै गठबन्धनले आफु सशक्त भएको दावी गर्दै आएका छन् । केही उम्मेदवारहरुले जातीय रंग दिएपछि क्रस भोटिङको खतरा बढेको हो ।

राष्ट्रियसभा निर्वाचनका लागि २ नम्बर प्रदेशमा ३ सय ७९ जना मतदाता छन् भने कूल मतभार १० हजार ३२ रहेको छ । स्थानीय तहमा १३६ जना प्रमुख र १३६ जना उपप्रमुख गरी २७२ जना मतदाता छन् ।

स्थानीय तहमा १ मतको मतभार १८ रहेकाले २७२ जना मतदाताको मतभार ४ हजार ८९६ हुनेछ । प्रदेशमा १०७ जना प्रदेशसभा सदस्य मतदाता छन् । १ जना प्रदेशसभा सदस्यको मतभार ४८ रहेकाले प्रदेशसभा सदस्यको कूल मतभार ५ हजार १३६ छ ।

 

प्रदेशमा नेकपाका ३२ जना प्रदेशसभा सदस्य र ८३ जना प्रमुख र उपप्रमुखको कुल मतभार ३ हजार ३० हुन्छ । राजपाको २५ जना प्रदेशसभा सदस्य र ५४ जना स्थानीय तहको मतदाताको मतभार २ हजार १७२ छ । नेकपा–राजपा संयुक्त गठबन्धनको कूल मतभार ५ हजार २०२ हुन्छ ।

समाजवादी पार्टीका प्रदेशसभा सदस्य ३० जना र स्थानीय तहको ५२ जना मतदाताको कूल मतभार २ हजार ३७६ हुन्छ । नेपाली कांग्रेसका १९ जना प्रदेशसभा सदस्य र ८१ जना स्थानीय मतदाताको कूल मतभार २ हजार ३७० हुन्छ । कांग्रेस र सपा गठबन्धनको कूल मतभार ४ हजार ७४६ हुन्छ । कांग्रेस–सपा गठबन्धनको मतभार नेकपा–राजपा गठबन्धनभन्दा ४५६ मात्र कम छ ।

रिजवान अन्सारीले नेतृत्व गरेको नेपाल संघीय समाजवादी पार्टीको पनि प्रदेश सभामा १ सदस्य सावित्रीदेबी साहको प्रतिनिधित्व छ । पार्टीको मतभार ४८ हुन्छ । पार्टीले प्रदेश सभामा समाजवादी पार्टीको नेतृत्वको सरकारलाई प्रायःजसो समर्थन गर्ने गरेकाले त्यो मत कांग्रेस र समाजवादी गठबन्धनतिर जान सक्ने सम्भावना देखिएको छ ।

हरिचरण साहले नेतृत्व गरेको नेपाली जनता दलले समेत स्थानीय तहमा २ सीट जितेको छ । जसको कूल ३६ मतभार हुन्छ । जनता दलको मत कुन गठबन्धनमा जाने भनेर खुलेको छैन । गठबन्धन बाहिरका दुवै दलको कूल मत ८४ रहेको छ ।क्रस भोटिङ, खरीद बिक्री लगायतका उलटफेर नभए राजपा–नेकपा गठबन्धन उम्मेदवारको जित लगभग सुनिश्चित् मानिन्छ । तर, गोप्य मतदान भएकाले जे पनि हुन सक्ने भन्नेहरुको कमी पनि छैन् । यही डरका कारणले राजपाले यादव उम्मेदवारलाई चुनावमा लडाएको राजपाका एक नेताले बताएका छन् । जातिगत रुपले यादव मतदाता समाजवादी पार्टीसंग रहेको छ भने बनिया र उपल्लो जातका मतदाता राजपासंग रहेको बताइन्छ ।

राष्ट्रियसभाका १९ सांसदको २ वर्षे कार्यकाल फागुन २१ मा सकिदैछ । संविधान अनुसार सदस्य पद रिक्त हुनु भन्दा ३५ दिन अघि निर्वाचन भइसक्नु पर्छ । सोही व्यवस्था अनुसार माघ ९ मा निर्वाचन हुन लागेको हो ।

प्रदेश २ मा राष्ट्रिय सभाको खाली भएको ४ सिटका यस अघि आइतबार ४ दलका ८ उम्मेदवारले उम्मेदवारी दर्ता गराई सकेका छन् । उम्मेदवारी दर्ता गराउनेहरुमा खुल्ला तर्फ समाजवादी पार्टीबाट अनिरुदप्रसाद सिंह यादव र राजपाबाट मृगेन्द्र प्रसाद सिंह यादव, महिलामा नेकपाबाट तुलसा दहाल र नेपाली कांग्रेसबाट नगिना यादव, दलितमा समाजवादी पार्टीबाट रामपृत पासवान, नेकपाबाट राधेश्याम पासवान र अपांग तथा अल्पसंख्यकमा नेपाली कांग्रेसबाट भोला पजियार र राजपाबाट शेखर सिंहले उम्मेदवारी दर्ता गराई सकेका छन् ।

सम्बन्धित

ताजा अपडेट
नेशनल ईन्जिनियर्स एसोसिएसन धनुषा अध्यक्षमा यादव
अख्तियारद्वारा १७ हजार कर्मचारीलाई कारवाही गर्न निर्देशन
प्रदेश २: सार्वजनिक यातायातमा छैन सुरक्षा सतर्कता

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]