About Contact
०७ आश्विन २०७८, बिहिबार
Close
बिज्ञापन
प्रदेश २: समाजिक विकास मन्त्री साहद्धारा शहिदको नाममा रहेको बजेटमा भ्रष्टाचार

शहिदको लागि छुट्याईएको बजेट अन्यत्र खर्च

खोज केन्द्र शुक्रबार, साउन २२, २०७८ मा प्रकाशित

featured photo: खोज केन्द्र

देशमा संघियता ल्याउनका लागि मधेशमा दर्जनौ व्यक्तिले शहादत दिए । मधेसी शहिद र मधेश आन्दोलनकै बलमा देशले संघियता पायो । तत्कालिन राजपाका नेता राजेन्द्र महतोले मधेश आन्दोलनले सफलता प्राप्त गरेलगत्तै प्रदेश २ मा मधेशवादी दलको सरकार बनायो भने ५० लाख रुपैयाँ प्रति परिवार सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

प्रदेशका जनताले पनि प्रदेश २ मा सरकारको नेतृत्व गर्ने जिम्मा मधेशवादी दललाई दियो । प्रदेशमा मधेशवादी दलको सरकार बने लगत्तै प्रदेश सरकारले मधेश आन्दोलनमा शहादत प्राप्त गरेका प्रत्येक परिवारबाट योग्यता अनुसारको जागिर दिने घोषणा गरेको थियो । यसका साथै मधेशी शहीद प्रतिष्ठान खोल्ने घोषणा समेत गर्यो । यसका साथै शहीदहरुकै नाउँमा प्रत्येक वर्ष विभिन्न मन्त्रालय मार्फत विभिन्न योजनाहरु ससंचालन गर्दै आईरहेको छ ।

तर शहीदहरुको नाममा संचालित अधिकांश योजनाहरुको रकम रकमान्तर गरेर अन्यत्र खर्च गरिएको पाइएको छ । मधेसी शहिदका परिवारका सदस्यहरु प्रदेश सरकारले आफुहरुलाई उपेक्षा गर्दै आईरहेको आरोप लगाई रहेको समयमा शहीद परिवारकालागि संचालित योजनाहरु संचालन नै नगरेर छुट्याएका रकम तलब भत्तामा खर्च गरिएको पाइएको छ ।
प्रदेश २ को समाजिक विकास मन्त्रालयले आर्थिक वर्ष २०७७ /०७८ मा मधेस आन्दोलनको क्रममा अंगभंग ,घाइते तथा शहाद प्राप्त गरेका शहिद एवं तिनका परिवारका सदस्यहरुका लागि स्वरोजगार कार्यक्रम योजनाको नाममा २५ लाख रुपैया विनियोजन गरेको थियो । त्यस्तै मधेस शहिद प्रतिष्ठानकालागि १५ लाख रुपैया विनियोजन गरिएको थियो । तर विनियोजित रकम योजना पुस्तीकामा मात्रै सिमित रह्यो । सो शिर्षकमा छुट्याइएका रकम रकमान्तर गरिएको छ ।

मन्त्रालयका शाखा अधिकृत रामहृदय यादवका अनुसार मन्त्रालय मातहतका कार्यालयहरुले माग गरेको अपुग अनिवार्य दायित्वका शिर्षकहरुमा पारिश्रमिक, विद्युत महसुल, स्वास्थ्य सुरक्षा सामग्री खरिद आदिमा खर्च गरिएको जानकारी दिए । उनले सो शिर्षकका सबै रकम रकमान्तर गरि तलब भत्तामा खर्च गरिएको बताए । शहिद प्रतिषठकालागि सामाजिक विकास मन्त्रालयले छुट्याएपनि सो प्रतिष्ठान आन्तरिक मामिला मन्त्रालयको मातहतमा गठन गरिएको छ । सो प्रतिष्ठानको संयोजक समेत आन्तरिक मामिला मन्त्रीलाई नै बनाइएको छ । प्रतिष्ठान बनाइएपनि यसको काम भने खासै अगाडि बढन सकेको छैन, कार्यालयको कथन छ ।

मधेसी शहिद परिवार हकहित संर्घष समितिका संयोजक वीरेन्द्र रायले सरकारले पटक पटक शहीद परिवारका लागि योजनाको नाममा रकम राख्ने तर त्यसलाई कार्यान्वयन गर्नमा आलटाल गर्दै आईरहेको आरोप लगाए । रायले भने ‘प्रतिष्ठानमा दुई जना शहिद परिवारबाट राख्ने प्रवाधान छ, तर शहीद परिवारमध्ये कसैलाई शामिल गरिएको छैन ।’ प्रतिष्ठानको नाममा प्रदेश सरकारले हामीलाई ठग्ने धन्दा शुरु गरेको छ ।
शहीद परिवारप्रति प्रदेश सरकारको रबैया यस्तै रह्यो भने फेरी हामी बाध्य भएर आन्दोलनमा उतरिने रायले चेतावनी दिए ।

सम्बन्धित

ताजा अपडेट
प्रदेश सभा: राजेन्द्र महतोको ज्वाईं महासेठको तलब गैरकानूनी, रकम असुलन मलेपको निर्देशन
धनुषामा १२ वर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा ६० वर्षिय बृद्ध पक्राउ, बलात्कार गरेको भिडियो भाईरल
माओवादीको लालकिलामा एमालेको लहर !

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]