About Contact
१४ मंसिर २०७७, आइतबार
Close
बिज्ञापन
पूर्व–पश्चिम विद्युतीय रेलमार्ग : दुई निकुञ्ज जोगाउन १३५ किमीको रूटको नयाँ रेखांकन

खोज केन्द्र बिहिबार, पौष २४, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

काठमाडौं । पूर्व–पश्चिम विद्युतीय रेलमार्गको मध्यखण्डमा पर्ने निजगढ–हेटौंडा–भरतपुर खण्डको रूट परिवर्तन गरी नयाँ रूटको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) बनाउने काम शुरू भएको छ ।

यस खण्डमा दुई राष्ट्रिय निकुञ्जहरू पर्ने भएकाले तिनलाई जोगाउन नयाँ रूटको रेखांकन आवश्यक देखिएको थियो । त्यसैले रेल विभागले यसअघिको रूट जो चितवन राष्ट्रिय निकुञ्ज भित्रबाट जान्थ्यो । त्यसलाई परिवर्तन गरी १३५ किलोमिटर (किमी)को नयाँ रूट तयार पारी त्यसको डीपीआरको काम अगाडि बढाएको हो ।

रेल विभागका महानिर्देशक बलराम मिश्रले निकुञ्जभित्र रेलमार्गको रूट राख्न नहुने भन्दै विवाद आएपछि पहिले तय गरिएको रूट परिवर्तन गरिएको बताए । नयाँ रूटको डीपीआर १५ महीनाभित्र सम्पन्न गर्नेगरी नेपालसहित भारत, चीन र कोरियन कम्पनीले पुनः डिजाइन तथा डीपीआर बनाउन शुरू गरिसकेको मिश्रले जानकारी दिए ।

२ वर्षअघि नै यस रूटको सम्भाव्यता अध्ययन सम्पन्न भए पनि निकुञ्ज प्रकरणका कारण डीपीआर अगाडि बढाउन ढिलाइ भइरहेको थियो । ‘निकुञ्जलाई प्रभाव नपार्ने गरी वैकल्पिक रूट खोजिएको हो,’ उनले भने, ‘अबको नयाँ डीपीआर अनुसार यो रेलमार्गको कुनै पनि खण्ड राष्ट्रिय निकुञ्जभित्र पर्दैन ।’

काँकडभिट्टा–इनरुवासम्म १२६ दशमलव ७ किलोमिटर, इनरुवा–बर्दिबास १३९ दशमलव ४ किमी, बर्दिबास–निजगढ ७० किमी, निजगढ–अमरपुरी १३६ दशमलव ४, अमरपुरी–तमसरियासम्म २१ दशमलव २, तमसरिया–बुटबलसम्म १७ दशमलव ८ किमीको विस्तृत अध्ययन प्रतिवेदन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले स्वीकृत गरिसकेको छ ।

अहिले रेलमार्ग अन्तर्गत बर्दिबास–निजगढ खण्डको ७० किमी ट्र्याक निर्माणको काम विभागले सरकारी लगानीमा शुरू गरेको छ । वर्दिबास–निजगढ खण्डको ३० किमी ट्र्याक निर्माण पूरा भइसकेको छ । त्यसमाथि अब लिक ओछ्याउन मात्रै बाँकी छ । बाँकी ४० किमी खण्डमा पुल निर्माण र ट्र्याक निर्माण भइरहेको विभागले बताएको छ । हाल विभागले मूल्यांकन गरेको पछिल्लो अनुमानित लागत अनुसार यस रेलमार्ग निर्माणका लागि रू. १० खर्ब बजेट आवश्यक हुने देखिएको छ ।

सडक सञ्जालमा मात्रै भर परेको नेपालको यातायात व्यवस्थालाई रेल सञ्जालसँग जोड्न सरकारले यो आयोजनालाई आर्थिक वर्ष २०६६÷६७ देखि शुरू गरेको थियो । कति अवधिमा सम्पन्न गर्न सकिन्छ भन्ने समयावधि नतोकीकन नै शुरू गरिएको यो आयोजनाको केही खण्डहरूको निर्माण भने २०७१ पछि मात्रै शुरू गरिएको छ ।

यस राष्ट्रिय गौरवको आयोजनामा हालसम्म बजेटको मुख्य स्रोतको रूपमा नेपाल सरकार नै छ । सीमित बजेट विनियोजन र जनशक्तिको अभाव हुँदा अहिले यो रेलमार्ग वार्षिक कार्यक्रमको एक नियमित हिस्सा मात्र भएको छ । विभागका एक अधिकारीले भने, ‘विदेशी दातृ निकायहरूले रेलमार्गमा चासो देखाए पनि अझै यकिन हुन सकेको छैन ।’ यो आयोजनालाई सक्रिय रूपमा अघि बढाउन वैदेशिक लगानी र सोहीअनुसारको जनशक्ति परिचालन गर्नुपर्ने पूर्वाधार विज्ञ बताउँछन् ।

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]