About Contact
०७ आश्विन २०७८, बिहिबार
Close
बिज्ञापन
प्रदेश २ मा पहुँचका भरमा खोप वितरण

खोज केन्द्र शुक्रबार, साउन ०८, २०७८ मा प्रकाशित

featured photo: खोज केन्द्र

प्रदेश २ मा कोभिसिल्ड खोप पहिलो चरणमा आउँदा सबैभन्दा पहिला आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले लगाएका थिए। 

मन्त्री यादवले आफू लक्षित समूहमा नपरे पनि जनतालाई सकारात्मक सन्देश दिन पहिलो डोज लगाएको बताएका थिए। तर, अन्य मन्त्रीहरू, मन्त्री निकटस्थ, नातेदार र चिनजानकाहरूले पहुँचकै आधारमा खोप लगाए।

प्रदेश २ सरकारको सामाजिक विकास मन्त्रालयमातहत रहेको स्वास्थ्य आपूर्ति निर्देशनालयले खोप वितरण गर्ने भएकाले मन्त्रीकै भनसुनमा पनि खोप लक्षित समूहभन्दा अन्यलाई बढी वितरण गरिएको कर्मचारीहरू नै बताउँछन्। 

मन्त्रीहरू, मन्त्री निकटस्थ, नातेदार र चिनजानकाहरूले पहुँचकै आधारमा खोप लगाए।

वीरगन्ज महानगरपालिका—१० घरियरवा टोलका १० जनाभन्दा बढी व्यक्ति स्वास्थ्य कर्मचारीलाई ८ देखि १० हजार रुपैयाँसम्म कोभिडसिल्ड खोपको दुवै डोज खोप लगाएको बताउँछन्। कतिपय त कर्मचारीले घरमै आएर खोप लगाई दिएको र सोबापत आफूहरूले पैसा तिरेको दाबी गर्छन्। 

६४ वर्षभन्दा माथिको उमेर समूहका वृद्धवृद्धालाई पहिलो चरणमा दिइनुपर्ने खोप वडास्तरमा जनप्रतिनिधिका नातेदार र कार्यकर्तालाई बाँडिएको गुनासो व्यापक छ। ‘कोभिसिल्ड खोपका बेला कतिपय सोर्सफोर्स लगाएर खोप वितरण गरिएको जानकारी हामीले पनि पायौं। 

महामारीको निकै त्रास भएकाले पहिलो चरणमा खोप आउँदा अधिकांशले यसको स्वास्थ्यमा खराब असर पर्ने भन्दै लगाएनन् पनि। तर, दोस्रो चरणमा कोभिसिल्डको डोज आउँदा लक्षित समूहभन्दा बाहेककालाई पनि पहुँचकै भरमा खोप लगाइएको गुनासोहरू निकै धेरै आयो’, प्रदेश २ स्वास्थ्य आपूर्ति केन्द्रका निर्देशक डा. प्रमोद यादव भन्छन्, ‘भेरोसेल आएका बेला हामीले विशेष सतर्कर्ता अपनायौं। यसमा लक्षित समूहहरूलाई नै बढिजसो खोप वितरण गरिएको छ।’

प्रदेश २ मा कोभिसिल्डको दोस्रो डोजको पर्खाइमा २ लाख ६६ हजार ३ सय ५७ जना छन्। 

दोस्रो चरणमा भारतबाट खोप उपलब्ध नभएपछि दोस्रो डोज वितरण गर्न सकिएको छैन। त्यसैगरी भेरोसेलको पहिलो डोज ७२ हजार ९ सय ८५ जनाले पाइसकेका छन् भने ४० हजार ४३४ जनाले दोस्रो डोजको खोप पनि लिइसकेका छन्। 

सम्बन्धित

ताजा अपडेट
प्रदेश सभा: राजेन्द्र महतोको ज्वाईं महासेठको तलब गैरकानूनी, रकम असुलन मलेपको निर्देशन
धनुषामा १२ वर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा ६० वर्षिय बृद्ध पक्राउ, बलात्कार गरेको भिडियो भाईरल
माओवादीको लालकिलामा एमालेको लहर !

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]