About Contact
०७ आश्विन २०७८, बिहिबार
Close
बिज्ञापन
कांग्रेस क्रियाशील सदस्यता विवाद : जनकपुरमा अनशन सुरु

खोज केन्द्र बिहिबार, साउन ०७, २०७८ मा प्रकाशित

featured photo: खोज केन्द्र

जनकपुरधाम । नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद धनुषामा पनि देखिएको छ । 

प्रक्रियाविपरीत वितरण भएको सदस्यता खारेजीको माग गर्दै बुधबारदेखि जनकपुरधामस्थित पार्टी कार्यालयमा रिले अनशन सुरु गरिएको हो । काठमाडौंमा पाँच दिनदेखि धनुषाका पूर्वसांसद तथा पूर्वराष्ट्रपति डा. रामवरण यादवका छोरा डा. चन्द्रमोहन यादवसहितका नेता आमरण अनसनमा छन् । 

उनकै समर्थनमा जनकपुरमा पनि बिहान ११ देखि अपराह्न ५ बजेसम्म बस्ने गरी अनशन सुरु गरिएको तरुण दलका केन्द्रीय सदस्य नरेश यादवले जानकारी दिए ।

धनुषाको निर्वाचन क्षेत्र नम्बर–१ र ४ मा क्षेत्रीय सभापतिले धाँधली गरी सदस्यता वितरण गरेको उनको आरोप छ । जिल्लाबाट पठाएको प्रतिवेदनको अधारमा सदस्यता वितरण हुनुपर्ने र प्रक्रियाविपरीत वितरण गरिएको सदस्यता रद्द गर्नुपर्ने उनले माग गरे ।

धनुषा निर्वाचन क्षेत्र नम्बर–१ का सभापति जितनारायण यादव छन् भने क्षेत्र नम्बर–४ का सभापति योगी पञ्जियार छन् । उनीहरुले पार्टीको १४औँ महाधिवेशनमा आफ्नो वर्चस्व कायम गर्न पार्टीको विधानविपरीत कार्य गरेको आरोप लागेको छ ।

सम्बन्धित

ताजा अपडेट
प्रदेश सभा: राजेन्द्र महतोको ज्वाईं महासेठको तलब गैरकानूनी, रकम असुलन मलेपको निर्देशन
धनुषामा १२ वर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा ६० वर्षिय बृद्ध पक्राउ, बलात्कार गरेको भिडियो भाईरल
माओवादीको लालकिलामा एमालेको लहर !

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]