About Contact
११ माघ २०७७, आइतबार
Close
बिज्ञापन
ओलीको ”छुट्टै सैन्य गुप्तचर” बनाउने प्रयासलाई उपेन्द्रले बिफल बनाए

खोज केन्द्र बिहिबार, पौष २४, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

सरकारले शक्तिशाली सैन्य गुप्तचर विभाग बनाउन अगाडि सारेको विधेयक तत्कालीन उपप्रधान तथा कानुनमन्त्री उपेन्द्र यादवले फिर्ता गरिदिएको थाहा भएको छ ।

यादवले सरकारबाट बाहिरिनुअघि सैन्य गुप्तचर विभाग बनाउनेसम्बन्धी रक्षा मन्त्रालयको प्रस्ताव फिर्ता गरिदिएपछि उक्त प्रक्रिया पछाडि धकेलिएको हो । रक्षा मन्त्रालयले सैन्य गुप्तचर विभाग गठन गर्नेसम्बन्धी विधेयकको प्रारम्भिक मस्यौदा तयार पारी कानुन मन्त्रालयमा रायका लागि पठाएको थियो ।

‘म हुँदा उक्त मस्यौदा आएको थियो । यो संविधानविपरीत छ र यसलाई सुधार्नुपर्छ भनेर सुझावसहित रक्षामै फिर्ता पठाइदिएँ,’ यादवले भने, ‘संविधानको यो–यो धाराको प्रतिकूल छ, त्यसकारण सच्याएर ल्याउन भनेर पठाइएको हो ।’ यादवले सरकार गणतन्त्र र लोकतन्त्रबाट सर्वसत्तावादतर्फ अघि बढेको आरोप पनि लगाए ।

‘एउटा ऐन राष्ट्रिय सुरक्षा परिषद् विधेयकमा प्रधानमन्त्रीले सिधै सेना परिचालन गर्न सक्ने गरी ल्याइएको छ, यो ऐनले गुप्तचरी गर्ने भइहाल्यो,’ उनले थपे, ‘प्रेस ऐन र विशेष सेवा ऐन गरी यी चार ऐनलाई एक ठाउँमा राख्दा मुलुक त कहाँ पो जाने रहेछ ।’

कानुन मन्त्रालयबाट सुझावसहित फिर्ता पठाइएको मस्यौदा अहिले रक्षा मन्त्रालयमा विचाराधीन छ । साविकको सैनिक गुप्तचर विभागलाई किन पुनस्संरचना गर्न लागिएको हो भन्नेबारे रक्षाका अधिकारीले स्पष्ट गर्न चाहेका छैनन् ।

नेपाली सेनामा अहिले डाइरेक्टोरेट जनरल अफ मिलिटरी इन्टेलिजेन्स डीजीएमआईले अनुसन्धान गर्दै आइरहेको छ । दुई वर्षअघि डिपार्टमेन्ट अफ मिलिटरी इन्टेलिजेन्स डीएमआईबाट यसलाई डीजीएमआईमा विस्तार गरिएको थियो । पहिले सहायक रथीले नेतृत्व गर्ने यो विभागको जिम्मा अहिले उपरथीलाई दिइएको छ ।

सम्बन्धित

ताजा अपडेट
पिछडावर्गलाई नीतिगत रुपमा पछाडी पारियो : कानून राज्यमन्त्री सरोज सिंह
ऋणीको सम्पत्तीमा साहुको आँखा
फोक्सोकै विकास नभएका बच्चाको ज्यान यसरी जोगाए डा. लव कुमार साहले

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]