About Contact
०७ आश्विन २०७८, बिहिबार
Close
बिज्ञापन
महोत्तरी प्रहरीको दावी हावादारी सावित, एसपी आचार्य एक कमजोर प्रहरी अधिकारी !

खोज केन्द्र सोमबार, साउन ०४, २०७८ मा प्रकाशित

featured photo: खोज केन्द्र

 

प्रहरीको उदासीनता भयो भने सर्वसाधारणले कसरी दु:ख पाउछन भन्ने उदाहरण जिल्ला प्रहरी कार्यालय महोत्तरी र त्यहाँका प्रमुखले गरेको एउटा कमजोरीलाई हेरे पुग्छ । गत जेठ २० गतेदेखि महोत्तरीको लोहरपट्टी नगरपालिका ७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुर हराइरहेकी थिइन् ।

आफन्त र माइती पक्षले उनको हत्या भएको आशंका गरे । धेरै पटक सुजिताका आफन्तहरुले प्रहरीमा छोरीको हत्या भएको गुनासो गर्दै खोजी गरिदिन आग्रह गरेका थिए । तर महोत्तरीका प्रहरी प्रमुख दिनेश आचार्यले यो विषयमा ध्यान दिएका थिएनन् ।

एसपी आचार्यले सुजिताका माइततिरका आफन्तहरुलाई त उनी परपुरुषसँग लागेको सूचना आएको छ, हामी त्यता अनुसन्धान गर्दैछौं, उनी कोही पुरुषसँग भागेकी हुनसक्छिन भनेर टारेका थिए । प्रहरीको यस्तो भनाईपछि सुजिता हराएको भन्दै आफन्तहरुले मधेशी आयोग, महिला अधिकार आयोगलाई समेत आग्रह गरेका थिए ।
ती दुवै आयोगले महोत्तरी प्रहरीलाई खोजविनको लागि पत्राचार गरेको भएपनि महोत्तरी प्रहरीले वेवास्ता गरेको आरोप लागिरहेका बेला गत हप्ताको आइतबार उनै सुजिताको शव प्रहरीले घर नजिकैको सेफ्टी ट्याङ्कीबाट फेला पार्यो । प्रदेश २ प्रहरी कार्यालयका डीएसपी ज्ञानकुमार महतो समेतको टोलीले अनुसन्धान थालेपछि सो शव उत्खनन गर्न प्रहरी सफल भएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौं, जिल्ला प्रहरी कार्यालय चितवनलगायतका स्थानमा बसेर महोत्तरी जिल्ला प्रहरी कार्यालयको प्रमुख भएका आचार्यले गरेको यस्तो कार्यले त्यहाँ जनताले महिला आयोग, मधेशी आयोग धाउनु पर्यो । आफूलाई व्यवसायिक प्रहरी अधिकारीको रुपमा दावी गरेका आचार्यले जुन हर्कत देखाए, त्यसले नेपाल प्रहरीको छविलाई प्रदेश २ मा धुमिल बनाएको भएपनि प्रहरी प्रधान कार्यालय मौन बसेको छ ।

यस सम्बन्धमा महोत्तरी प्रहरी कार्यालयका डीएसपी एवं प्रवक्ता प्रकाश विष्टले प्रहरीलाई प्रहिले त्यस्तै सूचना आएकोले त्यतातर्फ नै ध्यान केन्द्रित गरिएको स्वीकार गरे । ससुरा अझै नभेटिएको बताउँदै उनले प्रहरीले वेवास्ता गरेको भए यस्तो रिजल्ट कसरी आउँछ र रु भन्ने प्रतिप्रश्न गरे । अब कसले के भन्छन् भन्ने बारे प्रहरीको चासो नरहने उनको दावी थियो ।

जिल्ला प्रहरी कार्यालयमा पटक पटक पुगेका सुजिता ठाकुरका माइतीको आवाजलाई एसपी आचार्यले वेवास्ता गरेका थिए । जब प्रदेश प्रहरी कार्यालयबाट अनुसन्धान टोली बन्यो त्यसपछि मात्रै सुजिताको खाजी कार्य शुरु भएको पाइन्छ । प्रहरीले वेवास्ता गरेपछि माइतीतिरका आफन्तहरुले स्थानीय सामाजिक अभियन्ता सरोज राय र गुञ्जा रायसँग सहयोग मागेका थिए ।

उनीहरुले प्रदेश प्रहरीसँग सहयोग मागेका थिए । त्यसपछि मात्रै प्रहरीले सक्रियता बढाएको थियो । ‘जिल्ला प्रहरी कार्यालयमा आफूहरु जाँदा वेवास्ता गर्यो, प्रदेश प्रहरी धाउनु पर्यो, हामीलाई प्रहरीले असहयोग गर्यो’, सुजिताका माइततर्फको आफन्तले आरोप लगाएका थिए । शुरुमै माइतीहरुले हत्या गरेको आरोप लगाएका थिए । तर प्रहरीले वेवास्ता गरेको भन्दै उनीहरुले सामाजिक अभियान्तासँग सहयोग मागेका थिए ।

‘एक–डेढ वर्ष पहिले पनि देवर रुपेशले बहिनीलाई ज्यान मार्ने धम्की दिएको थियो । तकिया मुखमा कोचेर मार्न खोजेको थियो । उनी त्यतिबेला उसको हातमा दाँतले टोकेर बाँचेकी थिइन् । तर, सधैँ एकनाश हुँदैन आखिर पापीहरूले मेरो बहिनीको ज्यान लिएरै छाडे,’ सुजिताका दाजु शिवम पाण्डले भने ।

गत जेठ १९ गते रुपेशले शिवमलाई फोन गरेर तपाईंको बहिनी झैं झगडा गर्दैछ । तपाईंहरू आउनुस्, लिएर जानुस् भनेका थिए । तर दाजु लिन जान लागेका बेला आउनु पर्दैन, सबै कुरा मिलिसक्यो भनेर फर्काएका थिए । तर उनीहरुले २० गते राती नै हत्या गरेका थिए । सुजिता सम्पर्कविहीन भएपछि माइती पक्ष बुझ्न जेठ २१ गते भ्रमरपुर पुगेको थियो । ‘तपाईंको छोरी बहिनी अर्कैसँग भागिसक्यो भनेर हामीलाई भने, हामीलाई विश्वास लागेन । बहिनीको कोठामा लगाइएको ताला फोडेर हेयौं, त्यहाँ उनका सामान, लत्ताकपडा, गरहना सबै छँदै थिए,यसले झन् शंका बढायो’, दाजु शिवम पाण्डेले भने ।

 

सुजितालाई उनकै घर परिवारबाट हत्या गरेको प्रहरीमा उजुरी गरेको भएपनि लामो समय खोजतलासमा आलटाल गरेका थिए । अन्तिममा अनुसन्धानको सुई घरपरिवारतर्फ सोझिएको थियो । प्रहरीले सुजिताको हत्या आरोपमा देवर रुपेश र श्रीमान् मुकेश ठाकुरलाई नियन्त्रणमा लिएको थियो । माइती पक्षले सुजिताको हत्या दाइजोको कारण भएको आरोप लगाएका थिए । तर सुजिताका ससुराले उनको परपुरुषसँग हिमचिम भएकाले अरु नै कसैले हत्या गरेको हुनसक्ने भन्दै आएका थिए ।

प्रदेश प्रहरीले चासो दिएपछि मात्र अपराधी पत्ता लगाइएको हो भन्ने आरोपका बारेमा प्रश्न गर्दा प्रवक्ता प्रकाश विष्टले उसैको मातहतमा महोत्तरी प्रहरी पनि भएकोले यसलाई प्रहरीकै कामको रुपमा बुझिदिन आग्रह गरे ।

सुजिताका पति भने सुस्त मनिस्थितिका भएकाले श्रीमतीको हत्या वा अन्य केही भन्ने विषयमा जानकारी दिन र राख्न सक्ने अवस्थामा छैनन् । सुजिताका ९ वर्षकी छोरी र ५ वर्षको छोरा छन् । छोराले आमालाई कुटपिट गरेको भन्ने जानकारी प्रहरीलाई दिएको थियो ।

प्रहरीले पक्राउ गरेकाहरू सुजिताका देवर २९ वर्षीय रूपेश ठाकुर, ३७ वर्षीया बन्डा भनिने किशोरी मण्डल, ३३ वर्षीय मुल्ला भनिने आदम रइन र ३२ वर्षीय नथुनी मण्डललाई सार्वजनिक गरेको छ । घटनाको ३८ दिनपछि सुजिताको शव बोरामा लुकाएको अवस्थामा घरभन्दा करिब ५ सय मिटर पर सेप्टिक ट्यांकीमा निकै मुनि लुकाएको भेटिएको थियो ।

सम्बन्धित

ताजा अपडेट
प्रदेश सभा: राजेन्द्र महतोको ज्वाईं महासेठको तलब गैरकानूनी, रकम असुलन मलेपको निर्देशन
धनुषामा १२ वर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा ६० वर्षिय बृद्ध पक्राउ, बलात्कार गरेको भिडियो भाईरल
माओवादीको लालकिलामा एमालेको लहर !

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]