About Contact
०७ आश्विन २०७८, बिहिबार
Close
बिज्ञापन
कान्छो मेयर बरबरियाको सेटिंग : निजी जग्गामा सरकारी लगानी

खोज केन्द्र शुक्रबार, साउन ०१, २०७८ मा प्रकाशित

featured photo: खोज केन्द्र

धनुषाको सहिदनगर नगरपालिकाले निजी जग्गामा स्वास्थ्यचौकी निर्माण गर्न लगाएको पाइएको छ। सहिदनगर नगरपालिका ५, पचहरवामा स्वास्थ्यचौकी निर्माण गर्नका लागि निजी जग्गा हडपिएको पाइएको हो।

सहिदनगर नगरपालिकाको नगरसभा विवादित हुनुका साथै अपारदर्शी काम भइरहेको आरोप लागिरहेका बेला निजी जग्गा हड्पेर वडा नम्बर ७ मा स्वास्थ्यचौकीको भवन निर्माण गरिएको आरोप लगाइएको छ।

कित्ता नम्बर १८५ मा रहेको आफ्नो १६ धुर जग्गामध्ये ७ धुर जग्गा कब्जा गरेर नगरपालिकाले स्वास्थ्यचौकी निर्माण गरिएको स्थानीय शिवशंकर ठाकुरको आरोप छ।

कित्ता नम्बर १८५ मा रहेको सो १६ धुर जग्गा शिवशंकर ठाकुर तथा उर्मिला देवीको संयुक्त नाममा छ।

ठाकुरका अनुसार उर्मिला देवीले कित्ता नम्बर १८४ मा रहेको २ कठ्ठा जग्गा स्वास्थ्य चौकी निर्माणका लागि जग्गा दान गरे। ‘तर जब स्वास्थ्यचौकी निर्माण भयो कित्ता नम्बर १८५ मा रहेको १६ धुर जग्गासमेत कब्जा गरियो,’ उनले भने, ‘जग्गा कब्जा गरिएपछि मैले नगरपालिकामा यस विषयमा आवाज उठाएँ तर सुनुवाइ नभएपछि अन्त्यमा नगरपालिकाकै न्यायिक समितिमा निवेदन दिएको छु।’

ठाकुरले गत जेठ १९ गते न्यायिक समितिमा आफ्नो जग्गा उपलब्ध गराई दिन निवेदन दर्ता गराए। उनले न्यायिक समितिमा यस विषयमा निर्क्योल ननिस्कए अदालत समेत जाने चेतावनी दिए । यद्यपि अहिले यो विषय न्यायिक समितिमा छलफलको क्रममा रहेको र छलफलबाट समाधान निस्किए आफूलाई मान्य हुने बताए।

यता सहिदनगर नगरपालिकाका नगरप्रमुख उदय बरबरियाले शिवशंकर ठाकुरको आरोपलाई खण्डन गरे। उनले भने ‘यदि उहाँको जग्गा थियो भने स्वास्थ्यचौकी निर्माणका लागि पहिलो इँटा हाल्दा किन उहाँले आवाज उठाउनु भएनरु’

नगरप्रमुख बरबरियाले अब स्वास्थ्यचौकीको निर्माण सम्पन्न भइसकेपछि झुटा दाबी गरिरहेको र न्यायिक समितिबाट यसको छिट्टै छिनोफानो हुने बताए।

सम्बन्धित

ताजा अपडेट
प्रदेश सभा: राजेन्द्र महतोको ज्वाईं महासेठको तलब गैरकानूनी, रकम असुलन मलेपको निर्देशन
धनुषामा १२ वर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा ६० वर्षिय बृद्ध पक्राउ, बलात्कार गरेको भिडियो भाईरल
माओवादीको लालकिलामा एमालेको लहर !

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]