About Contact
०७ आश्विन २०७८, बिहिबार
Close
बिज्ञापन
जनकपुरमा बैंक कर्मचारीहरु नाराजुलुससहित सडक आन्दोलनमा

सामाजिक सुरक्षा कोषको कार्यविधि विभेदकारी भएको आरोप

खोज केन्द्र बुधबार, आषाढ ३०, २०७८ मा प्रकाशित

featured photo: खोज केन्द्र

 

 

सामाजिक सुरक्षा कोषमा आबद्ध हुने कार्यविधिप्रति गम्भीर असहमति प्रकट गर्दै जनकपुरमा बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीहरु आन्दोलित बनेका छन् ।

सरकारी कर्मचारी र बैंकिङ क्षेत्रबीच थूप्रै विभेद कायम रहेको भन्दै बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीहरु जनकपुरमा नाराजुलुससहित आन्दोलनमा उत्रिएका हुन ।

आन्दोलनमा उत्रिएका कर्मचारीहरुका अनुसार अहिलेसम्म नागरिक लगानी कोष वा संचय कोषमा जम्मा भएको रकम सामाजिक सुरक्षा कोषमा बुझाउनुपर्ने, सो बुझाएपछि अहिलेसम्म कमाएको रकम फिर्ता नआउने, पेन्सनको व्यवस्था भएपनि हालसम्म कमाएको वा जम्मा भएको रकम डुब्ने जस्ता थूप्रै विभेद रहेको छ ।

सामाजिक सुरक्षा कोष भएपनि आफूहरुको असुरक्षा भएकोले यसलाई स्वैच्छिक बनाउनुपर्ने उनीहरुको माग छ । आन्दोलनको प्रथम चरणमा आ–आफ्नो बैंक व्यवस्थापनलाई विरोधपत्र बुझाएका उनीहरुले मागको सुनुवाई नभएपछि आन्दोलन आक्रामक बनाउँदै सडकमा उत्रेका हुन् ।

यसैलाई लिएर बैंकका २२ जना कर्मचारीहरुले अदालतमा मुद्दा पनि हालेका छन् । जसको भोलि ३१ गते विहीबार सुनुवाईको पेशी चढेको छ।

यही आर्थिक बर्षको असार मसान्तअघि नै कोषमा दर्ता हुन सामाजिक सुरक्षा कोषले पत्र काटेपछि बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरु आजदेखि आन्दोलित बनेका हुन् ।

उनीहरुले आज बुधबार कोषको विरोधमा जनकपुरको रेल्वे स्टेशनबाट जुलुस प्रर्दशन गर्दै भानु चौकमा पुगेर सम्पन्न भएको हो ।

केही दिन अघिदेखि आ–आफ्नो बैंक तथा वित्तीय संस्थामा कालोपट्टी बाँधेर काम गरिरहेका उनीहरुले विभिन्न व्यानरसहित सडकमै निस्केर शहर परिक्रमा गरेका छन् ।

एकजना कर्मचारी भन्छन् “जसको सामाजिक सुरक्षा छैन, उसलाई कोषमा लैजानुपर्नेमा जसको पहिलेदेखि नै राम्रो सामाजिक सुरक्षा छ, उसलाई जबर्जस्ती लैजान खोज्ने कोषको कदम गलत हो । ”

सम्बन्धित

ताजा अपडेट
प्रदेश सभा: राजेन्द्र महतोको ज्वाईं महासेठको तलब गैरकानूनी, रकम असुलन मलेपको निर्देशन
धनुषामा १२ वर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा ६० वर्षिय बृद्ध पक्राउ, बलात्कार गरेको भिडियो भाईरल
माओवादीको लालकिलामा एमालेको लहर !

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]