About Contact
०७ आश्विन २०७८, बिहिबार
Close
बिज्ञापन
विद्यालयमा आफन्तको गुपचुप नियुक्ति, कारवाही गर्न स्थानीयको माग, प्रअ सम्पर्क विहीन

खोज केन्द्र बुधबार, आषाढ ३०, २०७८ मा प्रकाशित

featured photo: खोज केन्द्र

 

धनुषा जिल्लाको बटेश्वर गाउँपालिकामा रहेको शिवशक्ति माध्यमिक विद्यालयमा विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीले गुपचुप आफ्न्तलाई शिक्षकमा नियुक्त गरेको रहस्य बाहिर आएको छ । गुपचुप रुपमा गरिएको ९ जनालाई नियुक्ती प्रक्रियाको प्रतिवेदन प्रतिलिपि स्थानीहरुले मांग गरेपछि उक्त विवरण लुकाईएको हो ।

प्रक्रिया पुरा नगरी प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीले आफन्त र नातेदारहरुलाई मात्र शिक्षक तथा विभिन्न पदमा नियुक्ति गरेपछि स्थानीबासीले नियुक्ति बदर हुनुपर्ने माग गर्न थालेका हुन्। विद्यालयमा हालसालै शिक्षक र विभिन्न पदमा गरी ९ जनालाई नियुक्ति गरेको छ।

देशमा दोस्रो चरणको कोरोना भेरियन्टका कारण निषेधाज्ञाको समयमा विद्यालय बन्द रहेको अवस्थामा प्रक्रिया पुरा नगरी आफन्तहरुलाई मात्र शिक्षक तथा कर्मचारी पदमा भर्ना गरेको स्थानीयबासी राजकिशोर महतोले बताए।

उनले विद्यालयका प्रधानाध्यापक प्रमोद शरण केवट र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गंगाप्रसाद साहलगायत समितिका सदस्य र कार्यरत शिक्षकले आफन्तहरुलाई अवैधानिक तरिकाबाट शिक्षक र कर्मचारी पदमा नियुक्ति गरेको आरोप लगाए।

विद्यालयका प्रधानाध्यापक केवटले आफ्ना छोरा केतन आनन्द केवटलाई कम्प्युटर प्रशिक्षक र भान्जा प्रेम प्रकाश कापरलाई सहायक लेखापालपदमा तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष साहले आफ्ना छोरी प्रियंका कुमारी साहलाई सहायक लाइब्रेरीमा नियुक्ति गरेको बताए। उनले अन्य पदमा पनि समितिकासदस्य र शिक्षकहरुकै आफन्त भएको बताए।

कहिले र कुन प्रकृयाद्वारा शिक्षक र कर्मचारीहरु नियुक्ति गरिएको बारेमो मंगलबार प्रतिलिपि उपलब्ध गराइदिन भनी स्थानीयबासी महतोले लिखित निवेदन पेश गरेपछि प्रधानाध्यापक केवटले ‘शिक्षक छनौट समितिसँग सम्बन्धित प्रकृयाहरु अति गोप्य रहने भएको हुनाले माग गरे बमोजिमको प्रतिलिपिहरु दिन नमिल्ने लिखित जवाफ फर्काएका पन्छिएका छन्।’

बटेश्वर गाउँपालिका शिक्षा शाखा प्रमुख रामलाल महतोले शिक्षा शाखासँगको समन्वय र पूर्व अनुमति नलिई गरिएको नियुक्ति वैधानिक नहुने बताए।

कुनै पनि सामुदायिक विद्यालयले शिक्षक वा कर्मचारी नियुक्ति गर्नुपर्दा सम्बन्धीत पालिका अन्तर्गत रहेको शिक्षा शाखाबाट पूर्व स्वीकृति लिएर मात्र नियुक्ति गर्नुपर्ने प्रावधान छ।

शिक्षा शाखाबाट पूर्व स्वीकृति नलिई विद्यालय प्रशासनले गरेको नियुक्ति वैधानिक नहुने कानुनी व्यवस्था रहेको शिक्षा शाखा प्रमुख महतोले जानकारी दिए। अगाडि उनले भने बटेश्वर गाउँपालिकामा कहिले कुन विद्यालयमा, कुन प्रकृयाबाट नियुक्ति गरेको हो यस बारेमा केही जानकारी छैन।

सम्बन्धित

ताजा अपडेट
प्रदेश सभा: राजेन्द्र महतोको ज्वाईं महासेठको तलब गैरकानूनी, रकम असुलन मलेपको निर्देशन
धनुषामा १२ वर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा ६० वर्षिय बृद्ध पक्राउ, बलात्कार गरेको भिडियो भाईरल
माओवादीको लालकिलामा एमालेको लहर !

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]