About Contact
३० चैत्र २०७७, सोमबार
Close
बिज्ञापन
अब कमिशन पत्रकारिता चल्दैन, गल्ती गर्ने पत्रकारलाई छाडिन : बाँस्कोटा

खोज केन्द्र बुधबार, पौष २३, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

काठमाडौं : सरकारका पत्रकार गोकुल बाँस्कोटाले अब कमिशन पत्रकारिता धेरै नचल्ने बताएका छन्।

बुधबार नेपाल पत्रकार महासंघ भक्तपुरको २३ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्। आफूसमेत पत्रकारिता क्षेत्रबाटै राजनीतिमा आएको बताउँदै बाँस्कोटाले एउटा कुरा भन्दा पूर्वाग्रह राखेर अर्को कुरा प्रस्तुत गर्ने प्रवृत्ति मिडियामा हावी आरोप लगाउँदै बाँस्कोटाले यस्तो बताएका हुन्।

‘अब कमिशन पत्रकारिता धेरै चल्दैन, पत्रकारिता व्यावसायिक हुनुपर्छ, आफ्नो र अर्काको भन्ने आधारमा भन्दा पनि तथ्यमा टेकेर समाचार लेख्न सक्ने वातावरण बन्नुपर्छ’, उनले भने।

सरकारले समृद्ध नेपाल, गरीब पत्रकारिता’ को अवधारणा नलिएको बताउँदै मन्त्री बाँस्कोटाले अबको पत्रकारितालाई स्वर्ण युगमा बदल्नुपर्नेमा जोड दिए।

मन्त्री बाँस्कोटाले पत्रकारको हकहितभन्दा बाहिर गएर मिडिया काउन्सिल विधेयक पारित नहुने स्पष्ट पारे। आफू मन्त्री भएपछि पाँच करोड ३४ लाखको पत्रकारिता कल्याण कोष स्थापना गरेको र अब त्यसलाई बढाएर रु १० करोड पुर्‍याइने जानकारी दिए।

शङ्काका भरमा पत्रकारिता गर्नु गलत भएको भन्दै उतले गल्ती गर्नेलाई छाड्न नहुने बताए।

पत्रकारिता अझै विश्वसनीय र खोजमूलक बन्नुपर्छ भन्दै उनले पूर्वाग्रह राखेर समाचार नलेख्न पत्रकारलाई आग्रह गरे।

उनले पत्रकारितालाई अब भजन, मिशन र पार्टी पत्रकारिताबाट माथि उठाएर ‘समृद्ध नेपाल सुखी नेपाली’ अभियानमा जोड्नुपर्ने बताए।

कार्यक्रममा महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले महासङ्घको दबाबपछि नै ‘प्रेस जगत्लाई सङ्कुचन गराउने मिडिया विधेयक’ सच्याउन सरकारले समिति बनाएर छलफल गरिरहेको जिकिर गरे।

महासङ्घका उपाध्यक्ष दिलीप थापा मगर र पत्रकार महासङ्घ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीले प्रेस स्वतन्त्रता हनन हुने गरी ल्याइएका विधेयक सच्याउनुपर्ने सुझाव दिए।

स्थापना दिवसका अवसरमा ‘दवाव’ साप्ताहिकका सम्पादक तथा महासङ्घ उपत्यका प्रदेश सचिव अमर भुजुलाई  दुई हजार पाँच सयसहितको मैयाँदेवी शिल्पकार स्मृति पत्रकारिता पुरस्कार र ध्रुव मधिकर्मीलाई १० हजारसहितको भगवान महर्जन स्मृति पुरस्कार प्रदान गरियो। रासस

सम्बन्धित

ताजा अपडेट
जउवा संघको निर्वाचनमा अतिरिक्त मतपत्र फेला, असन्तुष्ट द्वारा प्रदर्शन, चार जना घाईते
प्रदेश २: संसदीय दलको नेतामा साह चयन, माओबादी छोडेका चार प्रदेशसभा सदस्यहरु माथि कारबाही
सीके राउत अझै ‘स्वतन्त्र मधेश’ गतिविधिमा संलग्न !

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]