About Contact
०७ आश्विन २०७८, बिहिबार
Close
बिज्ञापन
धनुषाधाम सवस्टेशनको स्तरोन्नती, नयाँ उद्योगलाई विशेष सहुलियत

खोज केन्द्र शुक्रबार, आषाढ २५, २०७८ मा प्रकाशित

featured photo: खोज केन्द्र

 

नेपाल विद्युत प्राधिकरणले ३३।११ केभी धनुषाधाम सबस्टेसनको स्तरोन्नति गरेको छ । जिल्लाको विद्युत वितरण प्रणाली सुधार गर्न सबस्टेसनमा पावर ट्रान्सफर्मर थपेर स्तरोन्नति गरिएको हो ।

सबस्टेसनको स्तरोन्नति गर्न ८।६ एमभिएको पावर ट्रान्सफर्मर थपिएको प्राधिकरण धनुषाधाम वितरण केन्द्र प्रमुख रोशनकुमार सिंहले बताए । उनका अनुसार स्तरोन्नतिपछि सबस्टेसनमा ट्रान्सफर्मरको क्षमता १६।६ एमिए पुगेको छ । यसअघि सबस्टेसनमा ८ एमभिएको ट्रान्सफर्मर थियो ।

‘सबस्टेसन ओभर लोड हुँदा वितरण प्रणालीमा समस्या थियो,’ उनले भने, ‘माग र आपूर्ति व्यवस्थापन सहज र गुणस्तरीय बनाउन ट्रान्सफर्मर थपेर स्तरोन्नति गरेका छौं ।’ उनले स्तरोन्नति गरिएको सबस्टेसनमा लोड दिएर चार्ज गरिएको बताए ।

सबस्टेसनको स्तरोन्नतिपछि जिल्लामा खुल्ने नयाँ उद्योगले सहजरूपमा विद्युत सेवा पाउने वितरण केन्द्रले जनाएको छ । साथै, जिल्लाको भिनमाङमा विद्युत सेवा विस्तारको काम पनि वितरण केन्द्रले गर्दैछ ।

नयाँ उद्योगहरू खुल्ने प्रक्रियामा रहेकाले नै विद्युत आपूर्ति व्यवस्थापन सहज बनाउन प्राधिकरणले सबस्टेसनको स्तरोन्नति गरेको हो ।विद्युतीकरणका लागि धनुषाधामदेखि भिनमाङसम्म ११ केभी १० किलोमिटर प्रसारण लाइन तयार गरिएको सिंहले जानकारी दिए ।

भिनमाङको ५० प्रतिशत घरधुरीले ढल्केबर सबस्टेसनबाट सेवा लिनेछन् । ५० प्रतिशतले धनुषाधाम सबस्टेसनको सेवा पाउने छन् । प्राधिकरणले वितरण प्रणाली सुधार गर्न देशभर सबस्टेसन तथा वितरण लाइन स्तरोन्नति गर्दै आएको छ । वितरण केन्द्र अन्तर्गत ३३ हजार १ सय २३ ग्राहक छन् ।

सम्बन्धित

ताजा अपडेट
प्रदेश सभा: राजेन्द्र महतोको ज्वाईं महासेठको तलब गैरकानूनी, रकम असुलन मलेपको निर्देशन
धनुषामा १२ वर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा ६० वर्षिय बृद्ध पक्राउ, बलात्कार गरेको भिडियो भाईरल
माओवादीको लालकिलामा एमालेको लहर !

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]