About Contact
०७ आश्विन २०७८, बिहिबार
Close
बिज्ञापन
२४ किलो गाँजा सहित युवक पक्राउ

खोज केन्द्र शनिबार, आषाढ १९, २०७८ मा प्रकाशित

featured photo: खोज केन्द्र

जनकपुरधाम उपमहानगरपालिकाको कुर्थाबाट २४ किलो गाँजा सहित युवकलाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।

जनकपुर उपमहानगरपालिका वडा नं.२१ कुर्था बस्ने वर्ष ३५ को सन्तोष महासेठले आफ्नै घरमा लागु औषध लुकाई छिपाई राखेको गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट प्रनिको कमाण्डमा टोलीले पक्राउ गरेको हो । घर रित पुर्वक खान तलासि गर्दा घरबाट गाजाँ २४ किलो २८० ग्राम बरामद लागु औषध गाजाँ सहित महासेठलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

प्रहरीका अनुसार कार्यालयको रेकर्डमा हेर्दा महासेठको विरूद्धमा २०७४ साउन १५ गते लागु औषध गाँजा १ किलो लुकाई छिपाई राखेको अवस्थामा नियन्त्रणमा लिएको थियो । लागु औषध मुद्दामा आवश्यक अनुसन्धान पश्चात २०७४ भदौ २५ गते धनुषा जिल्ला अदालतको आदेशानुसार १ महिना कैद भुक्तान गरी छुटेका थिए ।

२०७५ साउन १३ गते लागु औषध गाँजा ७० ग्राम सहित पुन: पक्राउ परेका महासेठ लागु औषध मुद्दा दर्ता पश्चात २०७५ भदौ ११ गते धनुषा जिल्ला अदालतको आदेशानुसार १५ हजार धरौटीमा छुटेका थिए ।

सम्बन्धित

ताजा अपडेट
प्रदेश सभा: राजेन्द्र महतोको ज्वाईं महासेठको तलब गैरकानूनी, रकम असुलन मलेपको निर्देशन
धनुषामा १२ वर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा ६० वर्षिय बृद्ध पक्राउ, बलात्कार गरेको भिडियो भाईरल
माओवादीको लालकिलामा एमालेको लहर !

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]