About Contact
०७ आश्विन २०७८, बिहिबार
Close
बिज्ञापन
धनुषामा मगही भाषाको संरक्षण सम्बन्धी वत्तृत्वकला प्रतियोगिता

खोज केन्द्र शुक्रबार, आषाढ ११, २०७८ मा प्रकाशित

featured photo: खोज केन्द्र

धनुषामा मगही भाषाको संरक्षण सम्बन्धी वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।

प्रदेश नं-२ को अस्थायी राजधानी जनकपुरधाम देखी उत्तरी भेगमा पर्ने धनुषाको मिथिला नगरपालिका वार्ड नं-२ नक्टाझिज विश्वकर्मा चौकमा अवस्थित श्री हिमालय युवा क्लबको सभाहलमा मगही भाषाको संरक्षण सम्बन्धी वत्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। 

अप्पन मिडिया हाउस प्रोडक्सन प्रा.ली. मिथिला नगरपालिका-६ ढल्केबर र मिथिला नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित अतिरिक्त क्रियाकलापहरु अन्तर्गत आज दोस्रो दिन मगही भाषाको संरक्षण सम्बन्धी वत्तृत्वकला प्रतियोगिता सम्पन्न भएको कुरा अप्पन मिडिया हाउस प्रोडक्सन ढल्केबरका सञ्चालक एवम् गायक विजय कुमार दासले जानकारी दिए।

प्रमुख अतिथिका रुपमा समाजसेवी युवा अभियान्ता फुलगेन  मगही र विशेष अतिथिका रुपमा हिमालय युवा क्लबका अध्यक्ष अरुण कुमार महतो र शिक्षक भगलु महतोको उपस्थितिमा मगही भाषाको संरक्षण सम्बन्धी वत्तृत्वकला प्रतियोगिता र निबन्ध प्रतियोगिता सम्पन्न भएको हो। 

जम्मा १० जनाको सहभागितामा मगही भाषाको संरक्षण सम्बन्धी वत्तृत्वकला प्रतियोगितामा सबै प्रतियोगिहरुले मगही भाषालाई कसरी संरक्षण गर्ने , कसरी विकास गर्ने र राष्ट्रिय भाषाको रूपमा मगही भाषालाई कसरी चिनाउने जस्ता कुराहरूको प्रस्तुत गरेका थिए। प्रतियोगितामा निर्णयक मण्डलहरुले प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान विजेता विधार्थीहरुलाई घोषित गरी शुभकामना समेत गरिएको छ।

मगहीबभाषाको संरक्षण सम्बन्धी वत्तृत्वकला प्रतियोगितामा प्रथम स्थान ल्याउन सफल दिवेश कुमार महतो, दोस्रोमा विनिता कुमारी महतो, तेस्रोमा कृष्ण कुमार महतो र सान्त्वना मा हेमन्त कुमार सिंह र विजय कुमार दासलाई घोषित गरिएको छ। त्यस्तै मगही भाषामा नै “चुरेको महत्व ” शिर्षकमा निबन्ध प्रतियोगिता पनि भएकोमा नतिजा प्रकाशन हुन बाकी नै रहेको छ। 

भोलिको कार्यक्रममा मगही भाषामा कविता वाचन र चित्रकला/हस्तकला प्रतियोगिता हिमालय युवा क्लब नक्टाझिजको सभाहलमा नै बिहान ७ :०० बजे देखि हुने छ।

आजको कार्यक्रममा प्रमुख अतिथिको रुपमा समाजसेवी युवा अभियन्ता एवम् मगही भाषाको अभियानि फुलगेन मगही, अप्पन मिडिया हाउस प्रोडक्सन प्रा.ली. ढल्केबरका सञ्चालक विजय कुमार दास , हिमालय युवा क्लबका अध्यक्ष अरुण कुमार महतो, शिक्षक भगलु महतो, साँस्कृतिक कार्यक्रम नक्टाझिजको कलाकार फ्रेस कुमार महतो, मिथिला नगर बाल संजालका सह-सचिव दिवेश कुमार महतो, एकता बाल क्लबका अध्यक्ष मन्जित कुमार महतो, सुजित कुमार महतो लगायत खेलाडी विधार्थीहरुको उपस्थितिमा उक्त प्रतियोगिता सम्पन्न भएको छ।

सम्बन्धित

ताजा अपडेट
प्रदेश सभा: राजेन्द्र महतोको ज्वाईं महासेठको तलब गैरकानूनी, रकम असुलन मलेपको निर्देशन
धनुषामा १२ वर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा ६० वर्षिय बृद्ध पक्राउ, बलात्कार गरेको भिडियो भाईरल
माओवादीको लालकिलामा एमालेको लहर !

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]