About Contact
०७ आश्विन २०७८, बिहिबार
Close
बिज्ञापन
भौतिकता मन्त्री यादवद्वारा संसदीय बजेट दुरुपयोग, निजि जग्गामा सार्वजनिक दलान निर्माण

खोज केन्द्र बुधबार, आषाढ ०९, २०७८ मा प्रकाशित

featured photo: खोज केन्द्र

धनुषाको विदेह नगरपालिकामा निजि जग्गामा जबरजस्ती संसदीय कोषको रकम प्रयोग गरी सार्वजनिक दलान बनाउन लगाइएको पाइएको छ । विदेह नगरपालिका वडा नम्बर ९ स्थित जागीटोलमा निजि जग्गामा प्रदेश २को भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवको संसदीय कोषको रकमबाट सार्वजनिक दलान निर्माण गर्न लागिएको आरोप लगाइएको छ । 

जागीटोलस्थित कित्ता नम्बर ५५मा रहेको आफ्नो घर तोडेर सार्वजनिक दलान बनाउन लागेको आरोप स्थानीय वीरेन्द्र सिंहले आरोप लगाएका छन् । सो जग्गामा मन्त्री यादवको संसदीय कोषको रकमबाट सार्वजनिक दलानका लागि १० लाख रुपैया छुट्याइएको छ । 

कित्ता नम्बर ५५मा रहेको निजि पोखरी वर्षोदेखि भोगचलन गर्दै आएपनि सार्वजनिक पोखरी रहेको भन्दै हड्पन खोजेको र आफ्नो वासस्थानलाई समेत तोडफोड गरेर उक्त दलान निर्माण गर्न लागिएको सिंहले बताए । 

सिंहले कित्ता नम्बर ५५मा रहेको पोखरीको विषयमा विवाद बढ्दै जाँदा सिंहले २०७३ सालमा सोही गाउँका उपेन्द्र यादव, अंजित कुमार यादव, शत्रुधन यादव लगायतका व्यक्तिलाई विपक्षी बनाई मुद्दा समेत दिएका थिए । अदालतले सोही वर्ष पोखरी सहित कित्ता नम्बर ५५मा रहेको जग्गामा कुनै पनि निर्माण कार्य तथा तोड्न नहुने भन्दै निशेधाज्ञा समेत जारी गरेको थियो । 

तर भौतिक पूर्वाधार विकास मन्त्री यादवको संसदीय कोषको रकमबाट आफ्नै निजि जग्गामा सार्वजनिक दलान निर्माण हुन लागेको देखेर फेरी उच्च अदालत जनकपुरलाई फेरी गुहारे । अदालतले फेरी निषेधज्ञा जारी गरेपनिन अदालतको आदेशको अपहेलना गर्दै निर्माण कार्य जारी राखिएको सिंहले आरोप लगाए । 

यता उनले पूर्वाधार विकास कार्यालय जनकपुरधाममा सो रकमको निकासा नगरी दिनका लागि निवेदन  समेत बुझाएका छन् ।

सम्बन्धित

ताजा अपडेट
प्रदेश सभा: राजेन्द्र महतोको ज्वाईं महासेठको तलब गैरकानूनी, रकम असुलन मलेपको निर्देशन
धनुषामा १२ वर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा ६० वर्षिय बृद्ध पक्राउ, बलात्कार गरेको भिडियो भाईरल
माओवादीको लालकिलामा एमालेको लहर !

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]